नेभिगेसन मेनु

५६ औं संस्करणको राधाकृष्ण रथ यात्रा आजबाट सुरु हुँदै
सम्पादक:南亚网络电视
समय:2024-08-27 12:34

rathyatra

विराटनगरमा आजदेखि रथ यात्रा सुरु हुँदैछ। प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्टबाट सुरु हुने रथयात्राले देशका विभिन्न जिल्ला र सीमावर्ती भारतका विभिन्न जिल्ला हुँदै यात्रा गर्ने गर्छ।

५६ औं संस्करणको श्री राधाकृष्ण रथ यात्रा दिउँसो ३ः३० बजेबाट सुरु हुने बताइएको छ। यसपटकको रथको मध्यभागमा युगलजोडी भगवान् श्रीराधा कृष्णलाई आरूढ गराई ५ जना पन्डितको समुह, प्राविधिक १ जना, कमिटिको तर्फबाट १ जना गरी ७ जना रथमा रहने व्यवस्था गरिएको छ।

उक्त रथको अग्र भागमा विभिन्न जातजाती, सम्प्रदाय, धर्म एवम् संस्कृति झल्कने झाँकी एवम् भजन मण्डलीहरूको ताँती रहने जनाइएको छ। रथ यात्रामा प्रयोग गरिने रथ पेगोडा शैलीमा बनाईको छ जसको लम्वाई २२ फिट, चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ।

रथको अग्र भाग जुआबाट ७५ फिट लम्वाईका दायाँ र बायाँ पट्टि फैलिएका लठ्ठा (डोरी) रहने छ। जसलाई दायाँ पट्टिको लठ्ठामा पुरुष भक्तजन र बायाँपट्टिको लठ्ठामा महिला भक्तजनहरूले लठ्ठा समाई उक्त लठ्ठालाई तानी रथ सञ्चालन गर्ने परम्परा रहि आएको छ।

यस वर्षको रथयात्रा समारोहको मुख्य आकर्षण रथले तय गर्ने मार्गमा हेलिकप्टरबाट पुष्ट गुच्छा वर्षाइने मन्दिर कार्य समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए।

यसैबीच रथयात्रा आयोजक समितिले आज विराटनगरमा निकालिने रथ यात्राको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

रथले मेन रोड, ट्राफिक चोक, रोडशेस चोक, महेन्द्र चोक, वरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर यात्रा सामापन हुने छ । रथले ६ घण्टाको समयमा ९ किलोमिटर लामो दूरी पार गर्ने जनाइएको छ। रथयात्राका क्रममा रथलाई ४३ स्थानमा विश्राम पनि दिइने छ।

रथ यात्रामा विभिन्न जातजाति, भेसभुसा, संस्कृतिको पहिचान झल्कने ६० वटा भन्दा बढी झाँकीहरू सहभागी हुने आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए। उनका अनुसार रथ यात्राका लागि आवश्यक सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भइसकेको छ।

रथयात्राको सुरक्षाका लागि १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ।

भारतको जगन्नाथ पुरी पछि विराटनगरमा आयोजना हुने एसियाकै दोस्रो ठूलो दाबी गरिएको रथ यात्रालाई लक्षित गरी कोसी प्रदेशभर सरकारले आज सार्वजनिक बिदा दिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर