जेठ ९ गते । भन्सार विभागले तीन लाख २५ हजार ३१० किलोग्राम सुपारी सहित विभिन्न मालसामानको लिलाम विक्री खुल्ला गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै विभागले विक्रीका लागि वाइन, भोड्का, लुम्ब्रिकेन्ट, पोस्ता दाना, मुसुरीको दाल लगायत गरी एक सय १४ प्रकारका मालसामानको लिलाम विक्रीका लागि सिलबन्दी दरभाउ माग गरेको छ ।
सुख्खा वन्दगाहा भन्सार कार्यालय सिर्सिया पर्साबाट विक्री हुने गरी सामाग्रीहरूको न्यूनतम मूल्य समेत तोकेर दरभाउ माग गरेको हो ।
सम्पूर्ण विवरण सूचनामा हेर्नुहोला: