नेभिगेसन मेनु

सप्तरीका अग्निपीडितको निःशुल्क उपचार
सम्पादक:南亚网络电视
समय:2024-05-02 15:51

437302885_443199768192902_7319321989052770443_n_030

सप्तरी, वैशाख २० गते । सप्तरीको महादेवा गाउँपालिकाका अग्निपीडित परिवारको बिहीबार निःशुल्क प्राथमिक उपचार गरिएको छ ।

महादेवा गाउँपालिका १ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्निपीडित परिवारलाई बुधबारदेखि निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरेको हो ।

आगलागी भएको घटनास्थलमै आयोजना गरिएको निःशुल्क उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोगमा उपचार थालिएको जनस्वास्थ्य निरीक्षक भोलाकुमार यादवले जानकारी दिनुभयो    ।

आगलागीका क्रममा आगोबाट पोलेर हात, खुट्टा र छाला जलेका १५ वर्षीय कृष्णकुमार यादव, ३० वर्षीय श्याम यादव, २२ वर्षीय शिवु यादव र १८ वर्षीया सकिना खातुन उपचार गरिएको छ । साथै आगलागीको क्रममा सामान्य चोटपटक, अत्याधिक गर्मीका कारण हुने झाडापखालाका बिरामी र शरीरमा जलन बढी हुने बिरामीहरुको निःशुल्क उपचार गरिएको जनस्वास्थ्य निरीक्षक यादवले जानकारी दिनुभयो ।

त्यस्तै, बालबालिकाहरुको समेत उपचार गरी निःशुल्क औषधी दिइएको छ । ४६ परिवारका २६७ जना आगलागीबाट प्रभावित मध्य गर्भवतL ६ जना, ज्येष्ठ नागरlक, अपाङ्ग, एक जना, सुत्केरीमा दुई वर्षमुनीका १३ जना, तीन–पाँच वर्षमुनिका ११ जना सुत्केरी रहेको जनस्वास्थ्य निरीक्षक यादवले जानकारी दिनुभयो ।

अहिलेसम्म १४२ जना व्यक्तिको बिहीबार उपचार गरिएको र अगामी वैशाख ३१ गतेसम्म आगलागी भएको क्षेत्रमा निःशुल्क उपचार जारी राखिने स्वास्थ्य चौकी पकरीका इन्चार्ज सि.अहेव उमेश यादवले जानकारी दिनुभयो ।

सि.अहेवा, स्वास्थ्य निरीक्षक र दुई जना अनमीसहित स्वास्थ्यकर्मीहरुको टोलीले उनीहरुको उपचारमा संलग्न छन् ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर