नेभिगेसन मेनु

पोखराको प्याराग्लाइडिङ तोरीपानीबाट सञ्चालनको तयारी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-13 15:29

Paragliding-news-pkr

कास्की, असोज २६ गते । पोखराको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ भएको थियो । अब भने पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको हो ।

अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुङ्गा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा मानिएको छ । सुरूआतदेखि नै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरणको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई उत्साहित हुने गरेको नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ ।

‘‘मान्द्रेढुङ्गाबाट उडान सञ्चालन गर्दा पर्यटक आकर्षित हुन सकेका थिएनन् भने प्याराग्लाइडिङ गर्नेको सङ्ख्यासमेत घटेको छ । यसैले क्षेत्र विस्तार गरी बाहाकोट र तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ गर्ने निर्णय भएको छ,’’ संस्थाका अध्यक्ष सुनिल भट्टराईले भन्नुभयो ।

उहाँका अनुसार नागरिक उड्डयन प्राधिकरणका विज्ञको सहयोग लिई प्याराग्लाइडिङ उडान क्षेत्र र अवतरण क्षेत्र विस्तार गर्न लागिएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर