नेभिगेसन मेनु

ह्वावेसँगको सहकार्यमा चाइना मोबाइलले सगरमाथामा पहिलो एफटीटीआर–बी नेटवर्क जोड्ने
सम्पादक:南亚网络电视
लेखक: अन्नपूर्ण
समय:2023-10-18 15:20

Huwawe_QKiWFeTrZW_WfrBvc02wX_aQUqDA6F9t

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा)मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका छन्।

ह्वावे एफटीटीआर–बी (फाइबर–टू–द–रुम बिजनेस) समाधानमा आधारित, चाइना मोबाइलले विश्वकै अग्लो ठाउँमा रहेका कर्मचारी र पर्यटकहरूलाई उनीहरूको दैनिक सञ्चार र व्यापार आवश्यकताहरू पूरा गर्दै अल्ट्रा–गिगाबिट प्रिमियम वाईफाई सेवाहरू प्रदान गर्ने छ।

मोबाइलको ह्वावेसँग एफटीटीआर–बी नेटवर्क विस्तारमा सहकार्य गर्दै

समुन्द्री सतहबाट ५,२०० मिटर उचाइमा रहेको पर्यटक शिविरको व्यवस्थापन कार्यालयमा कर्मचारीले वातावरण संरक्षण यन्त्रहरू जाँच्न, उच्च रिजोलुसनको फोटो र भिडियोहरू फिर्ता पठाउन र प्रत्येक दिन माउन्ट एभरेष्ट एडमिनिस्ट्रेसन ब्यूरोमा लग्नुपर्छ।

कमजोर नेटवर्क अवस्थाका कारण, फ्रेम फ्रिजिङ, ढिलो भिडियो अपलोड, र कागजात पठाउन बारम्बार समस्या हुने गरेको थियो। हाई–स्पीड एफटीटीआर–बी नेटवर्कले सफलतापूर्वक स्थापनापछि यसले नेटवर्कको अवस्थालाई मौलिक रूपमा परिवर्तन गरेको छ। जसले पर्यटक आधार शिविरमा रहेका सबै कर्मचारी र पर्यटकहरूले प्रिमियम वाईफाई सेवाहरूको आनन्द लिन सक्नेछन्।

यसका अतिरिक्त, एफटीटीआर–बी को स्थापना समुद्री सतहबाट ४२०० मिटरमाथि नजिकैको सहरको पर्यटक होटलमा राखिएको छ। विगतमा, नेटवर्क समस्याहरू जस्तै फ्रेम फ्रिजिङ, नेटवर्क जडान नहुने, र चेक–इन प्रणालीमा सुस्तता समय–समयमा देखा पर्ने गरेको थियो, जसले पाहुनाहरूको इन्टरनेटको पहुँचमा असर गरेको थियो।

एफटीटीआर–बी स्थापनापछि होटलका ३०० पाहुनाहरूले एकै समयमा उच्च–गतिको इन्टरनेटमा पहुँच पाउने छन् र होटल कर्मचारीहरूले समेत आफ्नो काम धेरै सहज रूपमा गर्न सक्ने भएका छन्।

एफएटीटी–बी चीनमा साना र मध्यम आकारका उद्यमहरू (एसएमईएस) को लागि अल्ट्रा–गिगाबिट सबै–अप्टिकल नेटवर्किङ प्रदान गर्न चाइना मोबाइल र ह्वावेद्वारा संयुक्त रूपमा सुरु गरिएको हो। 

यो प्रविधि व्यापक रूपमा होटल र पसलहरूमा प्रयोग गरिने गरेको छ। ह्वावे एफटीटीआर–बी डिभाइसहरूमा लचिलो ट्रिपल–मोड एन्टेनाहरू छन् र भित्री क्षेत्रहरूमा पूर्ण वाईफाई कभरेज प्रदान गर्न छत वा भित्ताहरूमा सजिलै स्थापना गर्न सकिन्छ जसले प्रयोगकर्ताहरूलाई सबै ठाउँमा प्रिमियम नेटवर्क अनुभवको आनन्द दिलाउँछ। 

यस प्रविधिले सिग्नलहरू प्रसारण गर्न र एकै समयमा उपकरणहरूमा पावर आपूर्ति गर्न कठिन शक्ति अधिग्रहणको समस्याहरू समाधान गर्न पावर ओभर फाइबर (पीओएफ) केबलहरू प्रयोग गर्दछ। 

थप रूपमा WeFTTR एपले व्यवस्थापन कार्यालय र होटलहरूमा आइटी कर्मचारीहरूको लागि नेटवर्क टोपोलोजी व्यवस्थापन, एक–क्लिक नेटवर्क अप्टिमाइजेसन, र सेल्फ–सर्भिस नेटवर्क कन्फिगरेसन जस्ता कार्यहरू प्रदान गर्दछ भने अप्रेशन र मेन्टेनेन्स (ओएनयम) कार्यभार समेत घटाउँछ। 

चाइना मोबाइलका अप्रेशन र मेन्टेनेन्स इन्जिनियरहरूले यस एपको प्रयोग गरेर अप्रेशन र मेन्टेनेन्स दक्षता सुधार गर्दै नेटवर्क समस्याहरू पत्ता लगाएर समस्या समाधान गर्न सक्छन्।

२०२४ मा, चाइना मोबाइलले आरोही आधार शिविरमा एफटीटीआर–बी समाधान विस्तार गर्न ह्वावेसँग काम गर्नेछ। यसले पर्वतारोहीहरू विश्वको उच्च ठाउमा जानेक्रममा गीगाबिट नेटवर्कको आनन्द लिन सक्ने छन्। 

एक अग्रणी विश्वव्यापी आइसीटी पूर्वाधार प्रदायकको रूपमा ह्वावेले चाइना मोबाइल जस्ता अपरेटरहरूसँग व्यापक सहकार्य गरेको छ र धेरै साना र मध्यम आकारका उद्यमहरूलाई एफटीटीआर–बी जस्ता नवीन समाधानहरू मार्फत डिजिटल रूपान्तरण गर्न मद्दत गरेको छ। 

भविष्यमा, ह्वावेले नवीन प्रविधिहरू प्रयोग गरेर गिगाबिट अप्टिकल नेटवर्कहरू निर्माण गर्न चाइना मोबाइलसँगको सहकार्य गर्न जारी राख्नेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर