नेभिगेसन मेनु

जसपा निर्णायक शक्ति बन्नु पर्छ : यादव
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-19 13:23

Untitled-1

धनुषा, असोज २ गते । जनता समाजवादी पार्टी नेपालले ‘मन मनमा जसपा, घर घरमा जसपा’ भने मूल नाराका साथ पार्टी सङ्गठन विस्तार अभियानको शुभारम्भ गरेको छ। 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा जसपा मधेश प्रदेश समितिले आइतबार आयोजना गरेको एक कार्यक्रमबिच जसपाका अध्यक्ष उपेन्द्र यादवले अभियानको शुभारम्भ गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवादी लोकतन्त्रको पक्षधर रहेको जसपालाई आउने दिनमा निर्णायक शक्ति बनाउनका लागि सङ्गठन विस्तार अभियानको शुभारम्भ गरिएको बताउनुभयो।

उहाँले पार्टीलाई निर्णायक शक्ति बनाउनका लागि सङ्गठनलाई सुदृढ बनाउनु आवश्यक भएकाले यसमा जुट्नका लागि कार्यकर्तालाई निर्देशन दिनुभयो। उहाँले भन्नुभयो, “जसपालाई निर्णायक शक्ति बनाउनु पर्छ, चाहे त्यो आन्दोलनबाट होस् वा संसदीय प्रणालीबाट। पार्टी निर्णायक शक्ति नहुँदासम्म समावेशिताका लागि देखिएको समस्या समाधान हुँदैन।” सङ्गठन विस्तार अभियानलाई गाउँ गाउँ र टोल टोलसम्म पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो।

कांगे्रस र कम्युनिस्ट पार्टीले सङ्घीयता संस्थागत हुन दिन नचाहेको आरोप लगाउँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने जिम्मेवारी पनि जसपाको काँधमा आएको बताउनुभयो। उहाँले राज्यले प्रदान गर्ने सेवा, अवसर र स्रोतसाधनको वितरण हरेक समुदायको बिचमा न्यायोचित ढङ्गबाट हुनुपर्ने बताउनुभयो। जसपा नेपाल समावेशी लोकतन्त्र, समतामूलक समाजको निर्माण र सामाजिक न्यायको पक्षमा रहेको भन्दै उहाँले लालझन्डा देखिँदैमा कम्युनिस्ट नहुने धारणा राख्नुभयो। लालझन्डा परिवर्तन र समाजवादको प्रतिक रहेको भन्दै अध्यक्ष यादवले ब्यानरको रङ लाल देखिँदा आश्चर्य लिन नहुने बताउनुभयो। 

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयताविरोधी तत्व सल्बलाइरहेको भन्दै यसतर्पm सबै सचेत हुनुपर्ने धारणा राख्नुभयो। प्रदेश सरकारले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरेर प्रदेशवासीलाई प्रदेश सरकारको अनुभूति गराउनेतर्फ अग्रसर रहेको उहाँले बताउनुभयो। पार्टी कार्यकारिणी समितिका सदस्यहरू राजकिशोर यादव, नवलकिशोर साह, मधेश प्रदेश इन्चार्ज मृगेन्द्रसिंह यादव, गोविन्द चौधरी, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत, नेता मनिष सुमनलगायतले सङ्गठन सुदृढीकरणका विषयमा धारणा व्यक्त गर्नुभएको थियो।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर