नेभिगेसन मेनु

मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटक बढे
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-12 14:37

Untitled-1

हुम्ला, भदौ २५ गते । हिल्सा नाका हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकको सङ्ख्या ११० पुगेको छ । गत वैशाख १८ पछि चीन सरकारले हिल्सा नाका दुईतर्फी रूपमा सञ्चालनमा ल्याएपछि सिमकोट हुँदै हिल्साबाट मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकको सङ्ख्या यति पुगेको हो ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले कोरोनापछि नेपालगन्जदेखि हवाई मार्गबाट आएका ११० जना पर्यटकले हिल्साबाट चीनको ताक्लाकोट हुँदै मानसरोवर कैलाशको दर्शन गरेको बताउनुभयो । 

यस वर्षको पहिलो समूहले असार दोस्रो हप्तादेखि मानसरोवर कैलाशको दर्शन गरेको थियो । उहाँले हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकमा ३९ जना एनआरएन रहेको र ७५ जना तेस्रो देशका रहेको बताउनुभयो । दर्शन गर्ने पर्यटकमध्ये छ जनाले भने लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गरेको उहाँले बताउनुभयो । 

हिल्साका होटल व्यवसायी कार्मा तुण्डुप लामाले हिल्सा नाका खोले पनि सन्तोषजनक रूपमा पर्यटकको आगमन नभएको बताउनुभयो । उहाँले यसो हुनुमा मुख्य गरी चीनले भारतीय धार्मिक पर्यटकलाई नछोडेका कारण पर्यटकको सङ्ख्यामा कमी देखिएको बताउनुभयो । यद्यपि सिमकोट र हिल्साका होटल व्यवसायीलाई थोरै भए पनि राहत भने मिलेको छ । कोरोनायता हिल्सा नाका चीनले बन्द गरेको थियो । यसले गर्दा सिमकोट र हिल्साका होटल तथा पर्यटन व्यवसायी मर्कामा पर्दै आएका थिए । पर्यटन व्यवसायी विजय लामाले अझै केही पर्यटकको समूह हिल्सा र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने गरी आउन लागेको बताउनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर