नेभिगेसन मेनु

‘फुड फेस्टिभल’मा चौरासी व्यञ्जन
सम्पादक:南亚网络电视
समय:2023-04-29 13:10

Untitled-1-Recovered

मैथिली कला संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि शुक्रबार जनकपुरधाम सांस्कृतिक महोत्सव तथा मैथिली फुड फेस्टिभल आयोजना गरिएको छ । 

कार्यक्रम उद्घाटन गर्दै मधेश प्रदेशका प्रदेशप्रमुख हरिशङ्कर मिश्रले नेपाल–भारत भौगोलिक र राजनीतिक रूपमा अलग भए पनि सामाजिक–सांस्कृतिक रूपमा दुवै देशका नागरिकको परम्परा, कला, संस्कृति, रहनसहनमा समानता रहेको बताउनुभयो । उहाँले दुवै देशबीच भाइचारा सम्बन्ध कायम राख्न यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा जोड दिनुुभयो । 

जानकी जयन्तीका अवसरमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र; भारतीय राजदूतावास, काठमाडौँ तथा भारतीय महावाणिज्य दूतावास, वीरगञ्ज; जानकी मन्दिर र संवाद फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा संविधान सभाका सदस्य डा. विजय सिंहले मिथिला कला र संस्कृतिबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा खाना विशेषज्ञ सन्जुरानी मण्डलले परम्परागत मैथिली खानाका ५६ भोग ८४ व्यञ्जनबारे प्रस्तुति दिँदै मैथिली भोजन मरुवा रोटी (कोदो), सजिवन तरकारी, नुनी साग, दालपिठी, बगिया, तिलको लड्डु, ठकुवा, भुसवा खानाले विभिन्न रोगको प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा भारतीय महावाणिज्य दूतावास वीरगञ्जका वाणिज्यदूत नितिशकुमार, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. आसावरी तापटले मैथिली खानाबारे आआफ्ना धारणा राख्नुभएको थियो । मैथिली खानाका मरुवा, चामल, गहुँको रोटी, मौरसा, ठरिया साग, आलु, कोबी, परबल, भिन्डी, भन्टा, कञ्चन सागको तरुवा, फुलौरी, तिलौरीलगायत ८४ प्रकारका परिकार प्रदर्शन गरिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर