नेभिगेसन मेनु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2022-12-29 17:06

Moterbike-Accident

१४ पुस, जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका(६ हठीपुरमा मधेश प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल दुर्घटना विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक कमला नगरपालिका ८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

ठाकुर गिद्धादेखि यदुकोहातर्फ जाँदै गरेको बेला उनले चलाइरहेको मोटरसाइकल कलभर्टमा रहेको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

उनका अनुसार मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर