नेभिगेसन मेनु

बारामा उखु जलाएर सडक अवरुद्ध, किसानले मागे चिनी मिलसँग क्षतिपूर्ति
सम्पादक:南亚网络电视
समय:2022-12-10 19:17

Bara-kisan-pradarshan

२४ मंसिर, वीरगञ्ज । समय नै नपुगी उखु सुक्न थालेपछि बाराका किसान आन्दोलित भएका छन् । उनीहरुले शनिबार मानवत मटिअर्वा सडकखण्ड एक घण्टा अवरुद्ध पारेका हुन् ।

श्रीपुरघाट चोकमा सडकमै सुकेको उखु जलाएर उनीहरुले प्रदर्शन गरेका थिए । दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म सडक अवरुद्ध पारेर प्रदर्शन गरिएको उखु किसानले बताएका छन् । रिलायन्स सुगर मिल र उखु उत्पादक संघले मिलेर गुणस्तरहीन बिउ दिएका कारण आफूहरु समस्यामा परेको उनीहरुले आरोप लगाएका छन् ।

उद्योग र किसान संघका प्रतिनिधिहरुसँग छलफल गर्न खोज्दा उनीहरु लुकेर बसेकाले बाध्य भएर सडकमा चक्काजाम गरेको किसानको तर्क छ । प्रदर्शनमा सहभागी किसान शशीकान्त यादवले भारत सरकारले प्रतिबन्ध लगाएको उखु दबाव दिएर किसानलाई रोप्न लगाउँदा नोक्सानी भएको गुनासो गरे ।

‘धेरै उत्पादन दिने भनेर ४र५ वर्षअघिदेखि नै सिओजिरो–२३८ जातको उखु रोप्न मिल र किसान संघले दवाव दिइरहेको थियो । हामीले बाध्य भएर त्यही लगायौं । पुरानो जात विस्थापित भयो’, उनले भने, ‘अहिले आएर त्यसमा रेडरड ९रातो सडन० को समस्या देखिएको छ । किसानको लगानी डुबिरहेको छ ।’

आफ्नो मात्रै ३ विघाको उखुमा रेडरडको समस्या देखिएको बताउँदै उनले रिलायन्सले बीऊ दिएको क्षेत्रभरि नै यस्तो समस्या देखिएको बताए । चिनी बढी उत्पादन हुने भएकाले रिलायन्स उद्योगले किसान संघसँग मिलेर किसानलाई डुबाएको आरोप उनको छ ।

‘रोपेको दुई तीन महिनामै सुक्न सुरु गर्छ’, उनले भने ‘राज्यले देओस वा मिलले, सुकेको उखुको क्षतिपूर्ति चाहिन्छ । किसानलाई मार्न पाइदैन ।’

प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बीऊ राम्रो नपरेकोले उखु सुकेको भन्दै किसानले क्षतिपूर्तिको माग राखेर केहिबेर सडक अवरुद्ध गरेको बताए । किसानलाई सम्झाई बुझाई गरेर बाटो खुलाएको बताउँदै उनले समस्या समाधानका लागि भोलि प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सरोकारवालाको बैठक राखिएको समेत जानकारी दिए ।

‘मिलले दिएको बीउ राम्रो नभएकोले उखु विग्रियो, कम्पनीले क्षतिपूर्ति दिनुपर्छ भनेर किसानले कलैयाबाट पिलुवा जाने सडक अवरुद्ध गरेका थिए’, उनले भने, ‘किसानलाई सम्झाएर अवरुद्ध सडक खुलाएका छौं । भोलि मध्यान्ह १२ बजे प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बैठक बस्ने तय भएको छ ।’

किसान शशीकान्त यादवले छलफलका लागि उखु किसानलाई आइतबार बिहान १० बजे मिलको चौरमा किसानलाई भेला हुन आग्रह गरिएको बताए । ‘आइतबारको छलफलमा उखु किसानले क्षतिपूर्ति पाउने सुनिश्चितता नभए पुनः आन्दोलन गर्छौ’ उनले भने ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर