नेभिगेसन मेनु

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा '२० वर्षपारि विवाहवारि' कार्यक्रम सुरु
सम्पादक:南亚网络电视
समय:2022-12-10 17:44

child_marriage_2_S1eKP1emXu

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले २० वर्षपारि विवाहवारि कार्यक्रम सुरु गरेको छ ।

बालविवाह अन्त्य गर्ने तथा छोरी शिक्षामा पहुँच पुर्याउने उद्देश्यले यो अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए। गाउँपालिकाले माध्यमिक शिक्षा कक्षा १२ उत्तीर्ण गरेका छोरीलाई प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँ नगद दिने आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

अभियान अन्तर्गत अध्यक्ष महतोले कक्षा १२ उत्तीर्ण गरेकी २२ वर्षीया रेणु सिंहलाई प्रोत्साहनका लागि विवाहस्थलमा पुगेर ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। रेणु सिंहले गाउँकै दुर्गा खोभारी माध्यमिक विद्यालय बबरगञ्जबाट कक्षा १२ उत्तीर्ण गरेकी थिइन्।

बालविवाह अन्त्य गर्न र छोरी शिक्षालाई निरन्तरता दिन गाउँपालिकामा यो कार्यक्रम सुरु गरिएको अध्यक्ष महतोले बताए। त्यसैगरी पालिकाले छात्रालाई उच्च शिक्षा अध्ययनका लागि पनि नगद ११ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर