नेभिगेसन मेनु

भारतीय नम्बरको ३ गाडी र लागूऔषधसहित महिला पक्राउ
सम्पादक:南亚网络电视
समय:2026-01-21 12:08

 

 aaa_tODU6oeals

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँचका क्रममा शंकास्पद तीन वटा सवारी साधन  नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार डीएल ४ सी एनबी ४३३५ नम्बरको स्कार्पियो, विआर ०६ सी एल ६५४० नम्बरको मारुती सुजुकी र डीएल ८ सी ए सी ३०३२ नम्बरको स्पोर्टस कारलाई  चेकजाँचका क्रममा जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिई अनुसन्धानपछि मंगलवार आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ । 

यसैबिच,  यमुनामाई गाउँपालिका–३ बस्ने ३१ वर्षीया नइमा खातुनले लागूऔषध डाइजेपाम बिक्री–वितरण गर्ने उद्देश्यले घरमै लुकाई छिपाई राखेको विशेष सूचनाका आधारमा प्रहरीले उनको घरमा छापा मारेको थियो।

घर खानतलासीका क्रममा कार्टुनभित्र लुकाई राखिएको अवस्थामा ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध नशालु ईन्जेक्सन बरामद गरिएको थियो। प्रहरीले नुर्फिन – ५०० एम्पुल,फेनारागन – ५०० एम्पुल,डाइजेपाम – ५०० एम्पुल गरी १५ सय नशालु ईन्जेक्सन, नेपाली रुपैयाँ १,००० दरका ४ थान, भारतीय रुपैयाँ २०० का २ थान, १०० का ३५ थान, नइमा खातुनको नाममा जारी भारतीय आधार कार्ड १ थान, विआर ०३० ए एच ९७८६ नम्बरको हिरो कम्पनीको स्कुटीको भारतीय सवारी दर्ता प्रमाणपत्र १ थान, मोबाइल १ थान बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताए।

प्रहरीले सबै सरसामान रितपूर्वक बरामद गरी खातुनलाई पक्राउ गरेको हो। उनलाई लागूऔषध सम्बन्धी कसुर मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

प्रहरीले लागूऔषध ओसारपसार तथा अवैध गतिविधि नियन्त्रणका लागि चेकजाँच र निगरानीलाई थप कडाइ गरिएको जनाएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर