नेभिगेसन मेनु

सौगात र सिम्रनको ‘बब डाई’ ले सक्यो छायाङ्कन
सम्पादक:南亚网络电视
समय:2026-01-04 12:05

 

 capture_sF76uBUxoV

काठमाडौँ । सौगात मल्ल र सिम्रन पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बब डाई’ को ४२ औँ दिनमा छायाङ्कन सकिएको छ । काठमाडौँको चन्द्रागिरि र कीर्तिपुर नगरपालिका भित्रका स्थानहरूमै सम्पूर्ण छायाङ्कन सकिएको चलचित्रका निर्देशक प्रवीण श्रेष्ठले जानकारी दिए ।

प्रवीणका अनुसार निर्माण टिम अब प्रोस्ट प्रोडक्सनमा लागेको छ । दुई गीत बाहेक स्क्रिप्टका दृश्यका सम्पूर्ण छायाङ्कन सकिएको निर्देशक श्रेष्ठले बताएका छन् । गीतको छायाङ्कन केहि साता पछि गरिनेछ ।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रमा कीर्तिपुरको एक युवाको कथा छ । अभिनेता सौगातले बब डाईको भूमिका निभाएका छन् । निर्देशक श्रेष्ठका अनुसार नेवारी भाषामा दाइलाई डाई भनिने भएकाले फिल्मको नाम बब डाई राखिएको हो । 

चलचित्र कमेडी जनरामा निर्माण गरिएको छ । चलचित्र सौगात र सिम्रनको साथमा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको अभिनय छ ।

चलचित्रमा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रवीन्द्र प्रजापति कार्यकारी निर्माता हुन् । चलचित्रको प्रदर्शन मिति तोकिएको छैन ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर