नेभिगेसन मेनु

पूर्वाधार विकास कार्यालय मोरङको भवन शिलान्यास
सम्पादक:南亚网络电视
समय:2025-12-09 12:10

 

 silanyas_S6PHdftnPD

विराटनगर । पूर्वाधार विकास कार्यालय, मोरङको अत्याधुनिक प्रशासनिक भवनको शिलान्यास भएको छ । 

सोमबार एक कार्यक्रमकाबिच कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले भवनको शिलान्यास गरेका हुन् ।

विराटनगर महानगरपालिका वडा नं. ५ मा निर्माण हुने सो भवन निर्माणका लागि ललितपुरस्थित निर्माण कम्पनी सिमवाली इन्कन जे.भी.सँग २ करोड ८४ लाख ६४ हजार लागतमा सम्झौता भएको छ । 

पूर्वाधार कार्यालय मोरङका अनुसार निर्माण कम्पनीसँग २०८२ साल असोज ७ गते दुई वर्षमा काम सक्ने गरी सम्झौता भएको हो । 

पूर्वाधार विकास कार्यालय मोरङले आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाह थप चुस्त र प्रभावकारी हुने विश्वास लिएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर