
काठमाडौँ — चिनियाँ गरिबी निवारण विषयमा आधारित २२ भागको टेलिशृंखला ‘मिननिङ गाउँ’ को नेपाली डबिङ संस्करण कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ ।
टेलिशृंखला हरेक बिहीबार, शुक्रबार र शनिबार राति ९ बजे नियमित रूपमा कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको हो ।
चिनियाँ गरिबी निवारण विषयमा आधारित २२ भागको टेलिशृंखला “मिननिङ गाउँ” को नेपाली डबिंग संस्करण हरेक बिहिवार, शुक्रवार र शनिवार राती ९ बजे नियमित रूपमा कान्तिपुर टेलिभिजनमा प्रसारण हुने भएको छ। चीनमा प्रसारणका बेला ठूलो दर्शकसंख्या र प्रशंसा बटुलेको यो यथार्थवादी उत्कृष्ट कृति, दक्षिण एशिया नेटवर्क टिभीको चिनियाँ र नेपाली चलचित्र/टिभी च्यानलहरूमा पनि एकै पटक प्रसारण हुनेछ, जसले चीन र नेपालबीचको सांस्कृतिक आदानप्रदानमा नयाँ स्फूर्ति ल्याउने आशा गरीएको छ।
यस टेलिशृंखलाले सिहाइकु क्षेत्रका जनता र कार्यकर्ताहरूले राष्ट्रिय गरिबी निवारण नीतिको आह्वानमा स्थानान्तरण पूरा गर्दै, फुचेन प्रान्तको सहयोगमा परिश्रम र अथक प्रयासबाट हावा र माटो उड्ने "सुख्खा समुद्रतट" लाई "सुनको समुद्रतट" मा परिणत गरेको कथा समेटेको छ।
“मिननिङ गाउँ”शृङ्खला अंग्रेजी लगायत अन्य विभिन्न भाषाहरूमा डबिंग गरी विभिन्न देशमा प्रसारण भइ सकेको छ। यस टेलिशृंखलाले २७ औं शंघाई टेलिभिजन महोत्सवको म्याग्नोलिया अवार्ड (उत्कृष्ट चिनियाँ टेलिभिजन शृङ्खला), ३३ औं चिनियाँ टेलिभिजन फ्लाइङ्ग अप्सरा अवार्ड (उत्कृष्ट टेलिभिजन शृङ्खला), ३१ औं चिनियाँ टेलिभिजन गोल्डन ईगल अवार्ड (उत्कृष्ट टेलिभिजन शृङ्खला) लगायत विभिन्न पुरस्कार जितेको छ। २३ जुन २०२३ मा, यसले २८ औं शंघाई टेलिभिजन महोत्सवको म्याग्नोलिया अवार्ड (अन्तर्राष्ट्रिय प्रसारण) प्राप्त गरेको छ। यी पुरस्कारहरूले यस टेलिशृंखलाको कलात्मक रचनाको उच्च स्तरलाई मात्र प्रतिबिम्बित नगरी, चिनियाँ टेलिभिजनको अन्तर्राष्ट्रिय प्रसारणमा सकरात्मक प्रभावलाई पनि झल्काएको छ, जसले चीनको कथालाई जीवन्त रूपमा बयान गरेको छ र चीनको अनुभव साझा गरेको छ।
नेपालमा यस टेलिशृंखलाको प्रसारणले चीन र नेपालबीचको सांस्कृतिक आदान-प्रदानलाई नयाँ आयाम दिंदै द्विपक्षीय सम्बन्धलाई मजबूत बनाउने महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरीएको छ।





