नेभिगेसन मेनु

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
सम्पादक:南亚网络电视
समय:2025-11-12 13:59

 

 accident-logo_f7KNTpffQx (1)

चितवन । इच्छाकामना गाउँपालिका–२ हपनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार  मङ्गलबार साँझ फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटना हुँदा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।

दुर्घटनामा सोही स्थानका  कर्णबहादुर प्रजा  र विष्णु प्रजा घाइते भएका छन् । घाइते दुवैलाई उपचारार्थ भरतपुर पठाइएको छ । जिपमा चालकसहित चार जना सवार थिए ।  जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर