नेभिगेसन मेनु

नेपाल पर्यटन विकास व्यवसायी संस्थाको अध्यक्षमा सिग्देल
सम्पादक:南亚网络电视
लेखक:Manoj Neupane
समय:2025-04-30 12:39

agm 1

एस् ए टी भी १७ वैशाख, काठमाडौंः नेपाल स्थित पर्यटन व्यवसायीको हक हितमा काम गरिरहेको नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा अच्युत सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । संस्थाकाे मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ साधारणसभाले सिग्देलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा भागवत सिम्खडा, सचिवमा भरतप्रसाद तिमल्सिना, उपसचिवमा अमित वस्ती, कोषाध्यक्षमा राजु थपलिया निर्बिरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक डिल्लीराम सुवेदीले बताए । यसैगरी संस्थाको सदस्यहरुमा ऋषिराज उपाध्याय, उपदेश कुँवर, सुनिता भट्टराई र रिदीप श्रेष्ठ निर्वाचित भएका छन् ।

agm 2

साधारणसभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका लागि पशुपतिनाथ, बौद्ध धर्मावलम्बीका लागि गौतम बुद्ध जन्मिएको स्थल लुम्बिनी र विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देशले राम्रो प्रचारप्रसार एवं व्यवस्थापन गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने भएकाले त्यसैअनुसार काम गर्नु पर्नेमा जोड दिए ।

पाँच दशकअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र थाइल्याण्डको राजधानी बैङ्ककको विमानस्थल उस्तै अवस्थामा भएता पनि अहिले बैङ्ककको विमानस्थल पर्यटक आगमनकै कारण बिस्तार भएर विश्वकै ठूला मध्येमा पर्ने बताउँदै उनले पर्यटक भित्र्याउन विमानस्थलको क्षमता पनि बिस्तार गरिनु पर्ने बताए ।

nirajan tiwari

संस्थाका निवर्तमान अध्यक्ष तथा सभा अध्यक्ष निराजन तीवारीले संस्थामा आफ्नो ३ वर्षे कार्यकालको स्मरण गर्दै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद प्रकट गरे। अध्यक्ष पद बाट बाहिरिंदै गर्दा पनि आफु पर्यटन क्षेत्रमै लागिरहने र संस्थाको सहयोगार्थ हरसमय तयार रहने बताए। उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना पनि व्यक्त गरे।

rohini khanal

नेपाल पर्यटन बोर्डका टुरिजम मार्केटिङ एण्ड प्रोमोसन महाशाखा प्रमुख रोहिणी खनालले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रमुख गन्तव्य स्थलका रुपमा विकास गराउने उद्देश्यले बोर्ड स्थापना गरी लक्ष्य हासिल गर्न काम भइरहेको बताए ।

som prasad khatiwada

धर्म, संस्कृति अध्ययन सङ्घ नेपालका अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालय इतिहास, पुरातत्व तथा संस्कृति केन्द्रीय विभागका पूर्वप्रमुख प्रा डा सोमप्रसाद खतिवडाले लुम्बिनी आउने पर्यटक काठमाडौँ नआउने गरेको र कपिलवस्तुमा लैजान भद्रगोल अवस्था रहेकाले सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

agm 3

कार्यक्रममा पर्यटन क्षेत्रमा उत्कृष्ट काम गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । उत्कृष्ट हस्तकला व्यवसायीमा परम्परागत उपचार प्रशिक्षक हिमालयन ट्रेडिसनल हिलिङ एन्ड थेरापी सेन्टरका रामशरण नेपाल, उत्कृष्ट पर्यटन यातायात व्यवसायीमा नेपाल अनटाइम भेहिकल सर्भिसका केदारनाथ कट्टेल, उत्कृष्ट पर्यटन रेष्टुरेन्ट व्यवसायीमा रोयल चाइना माउन्टेन रेष्टुरेन्टका विकास थापा, उत्कृष्ट चिया व्यवसायीमा माउन्टेन टी ट्रेडका रामेश्वर महर्जन र उत्कृष्ट पथप्रदर्शकमा राजकाजी महर्जनले २०८१ सालका लागि उत्कृष्ट व्यवसायीको रुपमा सम्मानित भए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर