१९ भाद्र २०८१ः चर्चित निर्देशक दीपेन्द्र गौचन करिब दुई दशकपछि चलचित्र निर्देशनमा फर्किएका छन् । लामो समय फिल्मी क्षेत्रबाट बाहिर बसेका गौचनले 'मिसिङ् : केटी हराएको सूचना' चलचित्र घोषणा गर्दै फिल्मी क्षेत्रमा फर्किएको बताएका हुन् । नेपाली चलचित्रको परिवेश बदल्ने सोचका साथ नेपाल फर्किएर चलचित्र निर्देशनमा लागेको उनको भनाइ छ ।
उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ नेपाली चलचित्र क्षेत्रमा तरंग ल्याउने दाबी गरे ।
गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको छ।
'मिसिङ् : केटी हराएको सूचना'मा नाजिर हुसेन, सृष्टि श्रेष्ठलगायत कलाकारको अभिनय रहने बताइएको छ