नेभिगेसन मेनु

पोखराका स्पाबाट छ जना बालिकाको उद्धार
सम्पादक:南亚网络电视
समय:2024-05-16 16:43

sdfb

लेखनाथ, जेठ ३ गते । कास्कीको पोखरा महानगरको पर्यटकीय क्षेत्र लेक साइडमा सञ्चालनमा रहेका मसाज सेन्टर(स्पा)हरूबाट बुधवार छ बालिकाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालबाट खटिएको संयुक्त अनुगमन टोलीले स्पामा काममा लगाइएका १८ वर्षमुनिका बालिकहरुलाई उद्धार गरेको हो । 

पोखरा महानगरपालिका वडा नं. ६ लेक साइडको सेन्टर प्वाइन्ट स्पा र न्यु भिजन स्पाबाट दुई÷दुई बालिका र हिमालय स्पा, पारा माउन्ट स्पाबाट एक÷एक बालिकालाई टोलीले उद्धार गरेको हो । अनुगमन गरिएको गुड विल स्पामा भने बालिकालाई काममा लगाइएको पाइएन । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले उद्धार गरिएका बालिकाहरूलाई सेफ हाउसमा राखिएको जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर