नेभिगेसन मेनु

विद्यालय सुधारका लागि प्रधानमन्त्रीलाई पत्र
सम्पादक:南亚网络电视
समय:2024-04-27 12:27

vidhyalay

विद्यालयमा शैक्षिक सुधार गरियोस् र गुणस्तरीय शिक्षा दिइयोस् भन्दै पर्साका सरकारी विद्यालयमा अध्ययनरत बालबालिकाले प्रधानमन्त्रीलाई पत्र (चिठी) लेखेका छन् । 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल नामक संस्थाले पर्साका बिभिन्न विद्यालयमा सञ्चालन गरेको एक हप्ते अभियानमा प्रधानमन्त्रीलाई बालबालिकाले ‘मैले चाहेको विद्यालय’ शीर्षकमा पत्र लेखेका हुन् ।

संस्थाका जिल्ला संयोजक इब्राहिम देवानका अनुसार पर्साका दुईसय १५ जना बालबालिकाले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको माग गर्दै लेखेको सो पत्र पर्साका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पठाइएको छ ।

दुईसय १५ बालबालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नु पर्ने, विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्थापन गर्नुपर्ने, प्रयोगशाला हुनुपर्ने, जीवन उपयोगी तथा सीपमुलक शिक्षाको व्यवस्थापन गर्नुपर्ने, बालमैत्री र अपांगमैत्री शिक्षाको व्यवस्थापन गर्नुपर्ने लगायतका सुधार गरिनुपर्ने विषय समेटिएको पत्र शुक्रबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत प्रधानमन्त्री प्रचण्डलाई पठाइएको संस्थाका जिल्ला संयोजक इब्राहिम देवानले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर