नेभिगेसन मेनु

यादवलाई विश्वासको मत
सम्पादक:南亚网络电视
समय:2024-04-17 11:40

saroj

वैशाख ५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । 

मङ्गलबार बसेको प्रदेश सभाको बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । विश्वासको मतको पक्षमा ६१ मत प्राप्त भएको छ । नेकपा (एमाले) को २४, जसपाको १९, नेकपा (माओवादी केन्द्र) को नौ, नेकपा (एकीकृत समाजवादी) को सात तथा नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक एक मत विश्वासको पक्षमा परेको प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो । 

विश्वासको मतको विपक्षमा शून्य मत परेको छ । १०७ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेस, जनमत पार्टी र लोसपा नेपालले मतदान गरेनन् । यसअघि जनमत पार्टीले दुई पटक सभा अवरुद्ध गरेको थियो । तेस्रो पटक बसेको प्रदेश सभा बैठकमा मतदान भएको हो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर