नेभिगेसन मेनु

कल्याणदह नदीको बाँध भत्किँदा किसानलाई समस्या
सम्पादक:南亚网络电视
लेखक:गाेरखा पत्र
समय:2023-09-11 16:21

kalyandahko-badh-vatkiepaxi-kisanlai-samasya-newsphotocapsion-jibachh

लहान, भदौ २५ गते । लहान नगरपालिकाको वडा नम्बर-२२ बेली जटयाही पूर्वबाट बग्ने कल्याणदह नदीको बाँध भत्किएपछि किसानहरू ठुलो समस्यामा परेका छन् । केही वर्षदेखि लहान नगरपालिकालाई बाँध भत्किने जानकारी दिएपनि कुनै वास्ता नगर्दा बाँध भत्किएको स्थानीयको गुनासो छन् । यस वर्ष भदौ ८ गते अविरल वर्षा हुँदा पूर्वतिरको बाँध भत्किएको हो । 

सात विगहामा कल्याणदह नदीलाई २०६२ सालमा आरआरएन र स्थानीय किसानहरूले जन श्रमदान गरेर कल्याणदहको बाँध बाँधिनुको साथै सिँचाइको लागि दुई वटा फाटक र दुई वटा बढी भएको पानी बग्ने (ओभरफ्लो) बनाएको स्थानीय बद्री नारायण चौधरीले जानकारी दिनुभयो । पानीको भण्डारण गर्न ११ लाख आरआरएन ६० प्रतिशत लगानी र ४० प्रतिशत स्थानीयले श्रमदान गरेर कल्याण्दह नदीमा बाँध बाँधेर आवश्यकता अनुसार लहान–२२ का दुइसय विगहा जमिनमा धान र गहुँवाली लगाउन सिँचाइ गर्न भ्याइरहेको अर्का स्थानीय सचितानन्द चौधरीले जानकारी दिनुभयो । 

पानी भण्डारण गरिएको सात विगहामा माछा पालनको गर्न तीन वर्षको लागि तीन लाखमा टेण्डर लिएको ठेकेदार गुन्जेश्वर यादवले भन्दै बाँध भत्केपछि दुई लाखको माछा बग्दा ठुलो क्षति भएको बताउनुभयो । ठेकेदार यादवका अनुसार पानीको भण्डारलाई सुरक्षित गर्ने हो भने बर्सेनि नै पाँच दश लाखको आम्दानी हुने यस नदीको बाँधलाई व्यवस्थापन गर्न नगरपालिकाले केही वर्ष अघि नै ध्यान दिनुपर्नेमा त्यसो नगर्दा क्षति हुन गएको हो । 

पूर्वतिर बाँध भत्किएपछि यसलाई समयमै नबाँध्ने हो भने लहान-२० हरिनगरका ५० विगहाभन्दा बढी उर्वर खेतमा नदीको पानीले धान गहुँ नहुने गरी क्षति भइरहने किसानहरूले पीडा पोख्नुभयो । पूर्व पश्चिम चार लेन सडक निर्माण कार्य अधुरो रहेकोले पानीको निकासा पूर्वतर्फ हुन नसक्दा वर्षाको सबैपानी कल्याणदह नदीबाट नै बग्ने भएकोले यस वर्ष पानीको चाप बढेर बाँध भत्किएको स्थानीय किसान गौरी नारायण चौधरीले बताउनुभयो । 

लहान-२२ का हजारौँ किसानहरूको सिँचाइ हुने कल्याणदह बाँधा भत्केपछि ठुलो क्षति भएको विषयमा लहान नगरपालिकालाई जानकारी गराएको र यस विषयमा लहान नगरप्रमुख महेश प्रसाद चौधरी सकारात्मक पहल गरी समस्या समाधान गर्ने वचन दिइएको लहान-२२ का वडाध्यक्ष श्याम अधिकारीले जानकारी दिनुभयो । 

झण्डै २० फिट पानी सात विगहामा रहने यस कल्याणदहमा सानासाना पानी जहाज राखेर पर्यटकीय सम्भावना रहेको कल्याणदहको विषयमा वृहत् योजना ल्याउन वडा नम्बर १२ र २२ को सीमानामा परेकोले दुवै वडाले संयुक्त रूपमा पहल गरिरहेको वडा नम्बर-१२ का वडाध्यक्ष बद्री नारायण चौधरीले थप प्रस्ट्याउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर