नेभिगेसन मेनु

अमेरिका बस्ने डोलराज पोख्रेललाई २५ हजार डलरको चिठ्ठा
सम्पादक:南亚网络电视
समय:2026-08-24 13:31

 

 pokhrel

काठमाडौं, भदौ ८ गते । ऋषिङ गाउँपालिका ५, राम्जाकोट तनहुँ  स्थायी निवासी हाल अमेरिकाको नियुहाम्सा (वोस्टर्न क्षेत्र) मा वस्दै आउनुभएका डोलराज पोख्रेलले २५ हजार अमेरिकी डलरको चिठ्ठा जित्नु भएको छ । 

व्यावसायिक लोट्री (चिठ्ठा) मा उहाँले सो रकम जित्न सफल हुनुभएको हो । त्यसको नेपाली रुपियाँ करिब ३७ लाख ७५ हजार हुन्छ । अमेरिकाको एक व्यावसायिक पसलमा जागिर गर्दै आउनुभएका पोखरेलले अमेरिकाको सरकारी निकायबाट अनुमति लिइ खेलिने चिठ्ठा कार्यक्रममा विदाको समयमा सो चिठ्ठा खेल्नुभएको बताउनुभयो । उहाँलाई नियमितजसो दुई चार  हजारका दरले चिठ्ठा परिरहँदा साथीभाइहरुले भाग्यमानीको रुपमा हेर्ने गरेका थिए । 

भाग्यमानी रहेको भन्दै साथीभाइले सुझाव दिँदा आफूले सो चिठ्ठा खेलेको र जित निकालेको उहाँको भनाइ छ । आफूलाई चिठ्ठा परेपछि साथीभाइले बधाई र शुभकामना दिइरहनुभएको उहाँले सुनाउनुभयो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर