नेभिगेसन मेनु

लहानका ५९ सामुदायिक विद्यालयमा पूर्वाधार सुधारको प्रयास जारी
सम्पादक:南亚网络电视
समय:2026-04-03 13:34

 

 sidharth-aadharvut-bidhalayako-bhautik-purbadhar-newsphocapsion-jibachh

काठमाडौँ, चैत २० गते । लहान नगरपालिका वडा नं. ८ स्थित सिधार्थ आधारभूत विद्यालयले भौतिक पूर्वाधारमा सम्पन्नता हासिल गरेपछि शैक्षिक सुधारतर्फ केन्द्रित हुन तयारी गरेको छ।

विद्यालयमा चार कोठे भवन, खानेपानी र पहुँचयुक्त शौचालय निर्माण कार्य १७ लाख ५३ हजार १७८ रुपियाँ लगानीमा सम्पन्न भएको छ। यसमा दलित जनकल्याण युवा क्लब लहान, विकन परियोजना र लहान नगरपालिका शिक्षा शाखाको योगदान रहेको विद्यालयकी प्रधानाध्यापिका सुधा चौधरीले जानकारी दिनुभयो।

प्रधानाध्यापिकाका अनुसार, पुरानो भवन, अपर्याप्त खानेपानी र असुविधाजनक शौचालयका कारण विद्यार्थीहरू अन्य विद्यालयमा भर्ना भइरहेका थिए। लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीको पहलमा सुधारिएको भौतिक संरचना निर्माण भएपछि अब विद्यालयले शैक्षिक सुधारमा ध्यान केन्द्रित गर्न सक्ने अवस्था आएको छ।

नयाँ शैक्षिक सत्रदेखि कक्षा १ देखि अंग्रेजी माध्यममा शिक्षा दिने तयारी रहेको छ। हाल दुई सय जना विद्यार्थी अध्ययनरत विद्यालयमा विद्यार्थी संख्या तीन सयसम्म वृद्धि गर्ने लक्ष्य राखिएको प्रधानाध्यापिकाले बताइन्।

स्थानीय अभिभावक सुरेश गुप्ताले विद्यालयको भौतिक संरचना आकर्षक र लोभलाग्दो भएको भन्दै, यसलाई सामुदायिक विद्यालयको नमूना विद्यालय बनाउन सकिनेमा विश्वास व्यक्त गर्नुभयो। उहाँले लहान नगरपालिका शिक्षा शाखा र विकन परियोजनालाई धन्यवाद पनि व्यक्त गर्नुभयो।

लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले नगरका ५९ वटा सामुदायिक विद्यालयको भवन जस्तापतामुक्त बनाउन, खानेपानी र पहुँचयुक्त शौचालय निर्माणमा शिक्षा बजेटलाई पहिलो प्राथमिकता दिइरहेको जानकारी दिनुभयो।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर