नेभिगेसन मेनु

समानुपातिक उम्मेदवार : दलहरूको कम प्राथमिकतामा पर्‍यो गण्डकी
सम्पादक:南亚网络电视
समय:2026-01-01 16:17

 

 candidate-ummedwar-neta_DhL4rm67ZY

पोखरा । फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा गण्डकी प्रदेश उपेक्षित देखिएको छ । दलहरूले समानुपातिक सूचीलाई समावेशी र सन्तुलित बनाएको दाबी गरेपनि भूगोलको हिसाबले गण्डकी प्रदेशबाट निकै कम परेका छन् । 

निर्वाचन आयोगमा पेस भएको विवरण अनुसार मुख्य दलहरूले गण्डकीका दूरदराज र आधार इलाका मानिने जिल्लाहरूलाई पूरै खाली राखेर सुगमका नेतालाई मात्रै अवसर दिएका छन् । नेपाली कांग्रेसले राष्ट्रपतिकी छोरीदेखि केन्द्रीय पहुँच भएकालाई प्राथमिकता दिएको छ भने एमालेले अधिकांश सिटमा बहालवाला केन्द्रीय सदस्यहरूलाई नै अघि सारेको छ ।

नेपाली कम्युनिस्ट पार्टीले गोरखा र म्याग्दीबाट समानुपातिक उम्मेदवार समेट्न सकेन भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आधार क्षेत्र मानिएको नवलपुरलाई शून्यमा राख्यो । राष्ट्रिय जनमोर्चाले समेत केन्द्रीय अध्यक्षलाई नै समानुपातिकमा राखेर अन्य कार्यकर्ताको बाटो छेकिदिएको छ । समग्रमा दलहरूले बुझाएको सूचीले गण्डकी प्रदेशको समावेशी प्रतिनिधित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

कांग्रेसमा राष्ट्रपतिकी छोरीसहित ११ जना

नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट ११ जनालाई समानुपातिक उम्मेदवार बनाएको छ । निर्वाचन आयोगमा पेस भएको नामावली अनुसार राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल सहित ११ जनाको नाम रहेको बुझिएको छ । संज्ञाको घर कास्की हो । कास्कीबाट उनी सहित आइबहादुर गुरुङ पनि अटाएका प्रदेशका कार्यालय सचिव पदम श्रेष्ठले जानकारी दिए ।

यस्तै, गोरखाका जगत बराम, मुस्ताङका रोमी गौचनलाई पनि समानुपातिक सूचीमा राखिएको छ । नवलपुरकी सीतादेवी सापकोटा, स्याङजाकी माया राना, तनहुँकी इन्दिरा खनाल र पर्वतकी सिर्जना मल्ल उम्मेदवार बनेका छन् । बागलुङबाट रेणुका काउचा, शकुन्तला शर्मा र पार्वती आचार्य समेटिएका छन् । 

एमालेमा अधिकांश केन्द्रीय सदस्य

नेकपा एमालेले समानुपातिक तर्फको १२ सिट गण्डकीलाई दिएको छ । महिलातर्फ केन्द्रीय सचिव पद्मा अर्यालदेखि केन्द्रीय सदस्यहरु टुकाभद्र हमाल र क्रान्ति बुर्लाकोटी खसआर्य महिला क्लस्टरबाट समानुपातिक सूचीमा समेटिएका छन् ।

खसआर्य पुरुषमा रामबहादुर थापा र दीपक पौडेल अटाउँदा आदिवासी जनजाति महिलामा नरदेवी पुन, शर्मिला गुरुङ, मीना बराम र यमुना घले परेका छन् । आदिवासी जनजाति पुरुषतर्फ प्रेम घले र दलबहादुर गुरुङको नाम समेटिएको प्रदेश सचिव धनन्जय दवाडीले जानकारी दिए ।

दलितमा मनोहर बी पौडेललाई समानुपातिक सूचीमा राखिएको छ । समानुपातिकमा अटेकामध्ये टुका, यमुना र प्रेम लमजुङका हुन् । पद्मा र रामबहादुर स्याङजाका हुन् भने क्रान्ति, दीपक र दलबहादुर कास्कीका हुन् । नरदेवी म्याग्दी, शर्मिला मुस्ताङ र मनोहर पर्वतका हुन् ।

मीना गोरखाकी हुन् । उनी २०७४ को स्थानीय निर्वाचनमा आरुघाट गाउँपालिकाको उपाध्यक्ष पराजित थिइन् । समानुपातिक सूचीमा परेका अधिकांश केन्द्रीय सदस्य छन् । उनीहरु सबैजना केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्य जितेका हुन् ।

रास्वपामा उज्यालो निल, बालेनका प्रकाश सपुत मात्रै

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा गण्डकी ११० मध्ये जम्मा १० जनाको नाम समेटिएको छ । रास्वपा मुस्ताङका जिल्ला सभापति सुरेश गुरुङ, स्याङ्जाका भूमिबहादुर गुरुङ, तनहुँका मनकाजी श्रेष्ठ, डा. रूपक विक घिमिरे र किशोर गन्धर्व, गोरखाकी एलिजा गुरुङ, कास्कीकी विष्णुकुमारी गुरुङ र समिउन मुस्लिम, म्याग्दीका दीपककुमार बोगटी, बागलुङका कलाकार प्रकाश सपुतलाई समानुपातिक उम्मेदवारको सूचीमा समेटेको गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठीले जानकारी दिए ।

प्रदेशका ११ जिल्लामध्ये तनहुँबाट मात्रै तीन जना र कास्कीबाट दुई जना परेका छन् । रास्वपाको आधार क्षेत्र बनेको नवलपुरबाट भने एकजना पनि समानुपातिक उम्मेदवार समेटिएका छैनन् । रास्वपाबाट समानुपातिका समेटिएकाहरु ९ जना पुरानै रास्वपाका हुन् भने एक जना बालेन पक्षका हुन् । प्रकाश सपुत बालेन कित्ताबाट सूचीमा परेका थिए । उज्यालो नेपाल पार्टी भने गण्डकीमा निल छ ।

नेकपाले आधार इलाकालाई प्राथमिकता दिएन

नेपाली कम्युनिस्ट पार्टीले ९ जनालाई समानुपातिक सूचीमा राखेको प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् । सबैभन्दा बढी कास्कीबाट चार जना छन् भने अन्य अरु जिल्लाका छन् । बखानसिंह तमु, सोमती गुरुङ, दिलकुमारी पन्त र कृष्णबहादुर नेपाली कास्कीबाट समेटिएका हुन् ।

यस्तै, तारा विक नवलपुरबाट समावेश हुँदा स्याङजाका ताज मोहमद मिया, बागलुङका चिरन पुन र नगेन्द्र खड्का तथा गोरखाकी कमला नहर्कीको नाम समावेश भएको छ । तत्कालीन एकीकृत समाजवादीका ४ जना र नेकपा माओवादीका ३ जना समेटिएका छन् । तत्कालीन माओवादीको आधार इलाका मानिएको गोरखा, म्याग्दी लगायत जिल्लालाई नेकपाले बेवास्ता गरेको छ ।

प्रलोपाका ७ जना सूचीमा

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का सात जना समानुपातिक सूचीमा परेका छन् । सबैभन्दा धेरै डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखाका चार जना छन् । नारायणी अधिकारी, महेश गुरुङ, लालबहादुर विक र दिनेशबाबु जोशी गोरखाका हुन् । यस्तै, दुर्गाकुमारी गुरुङ कास्की, शान्ति विक बागलुङ र पिताम्बर महतो नवलपुरको नाम पनि समेटिएको प्रदेश अध्यक्ष नेत्र चापागाईंले जानकारी दिए ।

जनमोर्चामा केन्द्रीय अध्यक्ष केसी

बागलुङ राष्ट्रिय जनमोर्चाका लागि आधार क्षेत्र हो । गत निर्वाचनमा पनि बागलुङबाट मात्रै जनमोर्चाले एक सिट जितेको थियो । स्थानीय तहमा पनि तीन सिट मात्रै जितेको जनमोर्चा बागलुङमै सीमित छ । तर समानुपातिक सूचीमा भने जनमोर्चाले पनि गण्डकीलाई खासै वास्ता गरेको देखिएन । जनमोर्चाले केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी सहितका नेताहरुलाई समानुपातिक सूचीमा राखेको छ । केसी बागलुङका हुन् । आदिवासी जनजाति महिलाबाट मीना पुन समेटिएकी छिन् । उनी पनि बागलुङकै हुन् । अरु नेताहरु भने गण्डकी भन्दा बाहिरका छन् ।

राप्रपाबाट ३ जना

गण्डकीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन जनालाई समानुपातिक सूचीमा समेटेको छ । प्रदेश अध्यक्ष पञ्चराम गुरुङका अनुसार आदिवासी जनजाति क्लस्टरबाट मोहनकुमार श्रेष्ठ र तोरण गुरुङ तथा महिला कोटाबाट देवु पराजुलीको नाम राखिएको छ । तोरण र देवु स्याङजाका हुन् भने मोहन गोरखाका हुन् । उनी केन्द्रीय प्रवक्ता समेत हुन् । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर