नेभिगेसन मेनु

गणतन्त्र दिवसमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहार
सम्पादक:南亚网络电视
समय:2025-05-30 11:48


laptop upahar

एस् ए टी भी १६ जेष्ठ, काठमाडौँः हिलिहाङ गाउँपालिका–५ वडा कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा वडाबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसर पारेर वडा कार्यालयले बिहीबार सोही वडाको देवी योङहाङ स्मृति भवनमा विद्यार्थी प्रोत्साहन कार्यक्रम आयोजना गरी सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रा वर्षा थुङ्गिम लिम्बूलाई ल्यापटप उपहार दिएको हो । यहाँको निलगिरि माध्यमिक विद्यालयकी छात्रा थुङ्गिमले तीन दशमलव ७५ जिपीए ल्याई एसइर्ई उत्तीर्ण गर्नुभएको थियो । छात्रा थुङ्गिमलाई गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा सेढाईँ तथा वडाध्यक्ष बिर्खबहादुर सुहाङले दोसल्ला र प्रशंसापत्रले सम्मान गरी ल्यापटप उपहार दिनुभएको थियो । अन्य विद्यार्थीलाई अध्ययनमा प्रोत्साहित गर्न वडाका अगुवाहरूले उत्कृष्ट अङ्क ल्याउने छात्रालाई सम्मान गरेका थिए ।

वडाध्यक्ष सुहाङले सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर सुधार गर्ने, विद्यार्थी र अभिभावकलाई आकर्षित गर्ने तथा सर्वाधिक अङ्क ल्याई उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सघाउ पुर्याउने उद्देश्यले ल्यापटप वितरण गरिएको बताउनुभयो । वडाले विद्यार्थी प्रोत्साहन कार्यक्रमलाई वार्षिक कार्यक्रममै समावेश गरेको तथा यसको निरन्तरताका लागि कार्यविधि तयार गरी लागू गरिने वडाध्यक्ष सुहाङको भनाइ छ ।

हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि रचनात्मक कार्यक्रमलाई अगाडि बढाउनुपर्ने तथा अभिभावकहरू जिम्मेवार हुनुपर्ने अवस्था आएको बताउनुभयो । “अभिभावकहरूले आफ्ना नानीहरूको पढाइप्रति चासो बढाउने होभने मात्र सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न सकिन्छ”, अधिकारीले भन्नुभयो, “यस्तै रचनात्मक कार्यक्रमबाट अभिभावक र विद्यार्थीलाई जागरूक बनाउन गाउँपालिकाले प्रयास गर्ने छ ।” विषयगत शिक्षक नपाउने समस्याले पनि शैक्षिक गुणस्तर उकास्न कठिन भएको अध्यक्ष अधिकारीको भनाइ छ ।

गत वर्षको एसइईमा उक्त वडाको निलगिरि माध्यमिक विद्यालयबाट १९ तथा सरस्वती माध्यमिक विद्यालयबाट १४ विद्यार्थी एसइईमा सामेल भएका थिए । उत्कृष्ट अङ्क ल्याउने छात्रालाई रु ८० हजार मूल्यको ‘कोर आई फाइभ’ ल्यापटप उपहार दिइएको वडाध्यक्ष सुहाङले बताउनुभयो । 

वडा कार्यालयले विद्यार्थीलाई प्रोत्साहित गर्न थालेकामा अभिभावकले खुसी व्यक्त गर्दै यो कार्यक्रमको निरन्तरताको माग गर्नुभयो । गणतन्त्र दिवसको अवसर पारेर यस प्रकारका कार्यक्रम गर्नाले शासन व्यवस्थाप्रति जनताको अपनत्व वृद्धि हुने अपेक्षा गरिएको हिलिहाङ गाउँ कार्यपालिकाका सदस्य वीरेन्द्र मङ्ग्राती बताउनुहुन्छ । हिलिहाङ गाउँपालिकाका शिक्षा अधिकृत केशव तिम्सिनाले भविष्यसम्म प्रयोग हुने ल्यापटप उपहार दिएर विद्यार्थीलाई प्रोत्साहित गर्ने कार्यक्रम पालिकामा पहिलो भएको बताउनुभयो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर