एस् ए टी भी जेठ १,काठमाडौंः काठमाडौंको सतुङ्गलस्थित कपडा गोदाममा बिहान लागेको आगो नियन्त्रणमा आएको छ।
बिहान ५ः२० बजेतिर लागेको आगो ६ वटा दमकल र एक दर्जनभन्दा बढी पानी ट्याङ्कर प्रयोग गरी आज बिहान सात बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका थिए।
यसअघि हिजो बिहान काठमाडौंको मखन टोलमा आगलागी भएको थियो। जसमा एक महिलाको मृत्यु भएको थियो।