नेभिगेसन मेनु

केआईआईटीमा नेपाली छात्रा मृत भेटिएको घटनामा भूवनेश्वर प्रहरीले के भन्यो?
सम्पादक:南亚网络电视
समय:2025-05-02 12:51

kiit

एस् ए टी भी १९ वैशाख, काठमाडौंः  भारतको उडिसा राज्यको भूवनेश्वरस्थित कलिंग इन्स्चिट्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली छात्रा मृत भेटिएको घटनामा त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

बिहीबार बेलुकी करिब ८ बजे नेपाली विद्यार्थी प्रिशा साह विश्वविद्यालयकै छात्रावासको कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

भूवनेश्वर प्रहरी कमिश्नर  एस. देवदत्ता सिंहले घटनाको जानकारी प्राप्त हुनासाथ विश्वविद्यालयमा प्रहरी पुगेको बताएका छन्।

घटनास्थलमा पत्रकारहरूसँग  कुराकानी गर्दै कमिश्नर सिंहले फरेन्सिक टिमसहित पुगेको प्रहरीले प्रिशा मृत भेटिएको कोठामा प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमर्टमका लागि पठाइएको बताएका छन्।

यस घटनामा अप्राकृतिक मृत्युसम्बन्धी मामला दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताएका छन्।

सिंहका अनुसार बिहीबार बेलुकी ७ बजेतिर हाजिर गर्ने समयमा प्रिशा अनुपस्थित रहेपछि उनको खोजी भएको थियो।

'खोज्दै जाँदा आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएको भन्ने सूचना थियो,' उनले भनेका छन्।

घटनाबारे दूतावाससँग बिहीबार नै कुराकानी भएको र दूतावासको सहयोगमा प्रिशाका परिवारलाई बोलाइएको उनले बताएका छन्। उनको परिवार पुगेपछि मात्रै पोस्टमर्टमको प्रक्रिया अगाडि बढाइने कमिश्नर सिंहले बताएका छन्।

क्याम्पसमा सबैले घटनाको अनुसन्धानमा सहयोग गरिरहेको उनले बताएका छन्।

प्रिशा बिटेक पहिलो वर्षमा अध्ययनरत थिइन्।

उनी मृत भेटिएको घटनापछि परराष्ट्रमन्त्री आरजु राणा देउवाले सत्य तथ्य छानबिनका लागि कूटनीतिक पहल थालिएको बताएकी छन्।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले पनि घटनाको अनुसन्धानका लागि उडिसा सरकार, प्रहरी र विश्वविद्यालयसँग समन्वय गरिरहेको जानकारी दिएका छन्।

यसअघि गत फागुनमा यही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेकी थिइन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर