नेभिगेसन मेनु

आकर्षक पर्यटकीय गन्तव्य हाँडीकोट
सम्पादक:南亚网络电视
समय:2025-03-24 12:41

handikot

एस् ए टी भी ११ चैत्र,काठमाडौँः हाँडीकोट बागलुङ जिल्लाको एक आकर्षक पर्यटकीय गन्तव्य हो । जिल्लाको जैमिनी नगरपालिका–१० राङखानी ७ जैदी र ८ छिस्तीको सङ्गमस्थल हाँडीकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ ।

मुन्द्री सतहदेखि २१९५ मिटर उचाइमा रहेको हाँडीकोट आफैँमा एक ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिएको स्थान हो ।

यहाँ पुग्नेहरुले सूर्योदयसँगै सूर्योस्तको सुन्दरता नियाल्द छन् । अनि धौलागिरी, माछापुच्छ्रे , मानापाथी लगायतका १६ वटाभन्दा बढि हिमालका सुन्दर दृश्य र फुक्क फुलेका बादलको बस्तीले झनै आकर्षक बनाएको छ ।

यी दृश्यले हाँडीकोटको रौनकता भरेको स्थानीय धन बहादुर थापाले बताउनुभयो ।

यो ऐतिहासिक स्थलपनि हो । २२ से चौबिसे राजाको पालमा भुरेटाकुरे राजारजौटाले राज्य गरेको स्थानको रुपमा परिचित छ । यहाँ भुरेटाकुरे राजाको समयमा निर्माण गरिएका दरबारको भग्नावशेष छन् । मन्दिर कुटी, पोखरी र शिलाले यहाँको ऐतिहासिकता झल्काउँछ । यो थन्थाप राज्यसँग सम्बन्धित छ ।

हाँडीकोटदेखि केही तल ऐतिहासिक माइकोस्थान मन्दिर र त्यसको केही अघिपट्टि कोतपनि रहेको छ । जहाँ बाइसे चौबिसे राज्यको पालामा निर्माण गरिएको एक तोप रहेको छ ।

पर्यटकलाई थप आकर्षित तुल्याउन यहाँ मानव निर्मित संरचनाहरु पनि बनाइएको छ । त्यसमध्येको एक भ्यूटावर हो । भ्यूटावरबाट त्यस क्षेत्र वरपरको दृश्य झनै आकर्षक देखिन्छ ।

बागलुङ बजारदेखि हाँडीकोटसम्मको दूरी ४०.७ किलोमिटर रहेको छ । बागलुङ जिल्ला सदरमुकामदेखि कालीगण्डकी करिडोरको जैमिनीघाट, बेलबगरदेखि यहाँ पुग्न सकिन्छ । बागलुङ बजार–कुश्मीसेरा–कृषि सडक राङखानी कृषि सडक हुँदै पुग्न सकिन्छ । जिल्ला सदरमुकामदेखि कुश्मीसेरा हुँदै सवारी साधनमा करिब साढे एक घण्टामा हाँडीकोट पुग्न सकिन्छ । बिहारथला र डाँडाखानीबाट हाँडीकोट पुग्न पैदलमार्ग निर्माण गरिएको छ ।

यहाँ घुम्न जानेलाई लक्षित गरी बिहारथला, डाँडाखानी र नाम्दुकमा होटल र होम–स्टे सञ्चालन गरिएको छ । जहाँ स्थानीय परिकारहरुको स्वाद लिन पाइन्छ । यहाँको विकास र प्रवर्द्धनका लागि हाँडीकोट सामुदायिक विकास केन्द्रले प्रत्येक वर्ष मेला र महोत्सव गर्दै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर