नेभिगेसन मेनु

लिमचुङबुङले ‘एकीकृत पर्यटकीय सूचना केन्द्र’ खोल्ने
सम्पादक:南亚网络电视
समय:2025-01-17 11:58

limchungbung

एस् ए टी भी ०४ माघ, काठमाडौंः उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिकाले एकीकृत पर्यटकीय सूचना केन्द्र खोल्ने भएको छ। चालु वर्षको बजेट अधिवेशनबाट ‘पर्यटनको नयाँ गन्तव्य लिमचुङबुङ’ भन्ने नारा पारत गर्दै पर्यटन विकासमा अघि बढेको गाउँपालिकाले बृहत एकीकृत सूचना केन्द्र खोल्ने निर्णय गरेको हो।

गाउँपालिकाको बिहीबार सम्पन्न दशौँ कार्यपालिका बैठकले वडा नं. ३ को दोबाटेमा निर्माणाधीन एभरेष्ट भ्युटावरस्थलमा देशभरका सबै स्थानीयतहको एकीकृत सूचना पार्टी स्थापनना गर्न आव्हान गरेको हो। पर्यटन केन्द्र बनाउने उद्देश्यले गाउँपालिकाले निर्माण गरिरहेको भ्युटावरकै सूचना केन्द्र भवनमा सबै स्थानीय तहलाई साझा सूचना केन्द्र स्थापना गर्न आव्हान गरेको गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए।

गाउँपालिकाको दशौँ कार्यपालिका बैठकले सबै स्थानीय तहहरूको पर्यटन, कला सँस्कृति, कृषि उत्पादन तथा अन्य विशेषताहरूको जानकारी गराउन सहज बनाउने उद्देश्यले ‘बृहत एकीकृत पर्यटकीय सूचना केन्द्र’ स्थापना गर्ने निर्णय गरेको अध्यक्ष राईले बताए।

उनका अनुसार देशभरका ७ सय ५३ वटै स्थानीयतहको साझा सहभागितामा देशभरको पर्यटन विकास होस् र त्यसबाट समृद्धि हासिल गर्न सकियोस् भन्ने लक्ष्यका साथ यो सूचना केन्द्र खोल्न लागिको हो। त्यसका लागि देशभरका ७ सय ५३ वटै स्थनीय तहहरूलाई आव्हान गर्दै पत्राचारको तयारी गरेको र बुकिङ खुल्ला गरेको समेत उनले बताए। 

गाउँपालिकाले बिहीबार साँझै एक सूचना जारी गरी सूचना पार्टी स्थापनाबारे जानकारी गराएको छ। प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईद्वारा हस्ताक्षरित सूचनामा कुनै पनि स्थानीय तहले आफ्नो गाउँ तथा नगरभित्र उत्पादन हुने कृषि उपज, व्यापार, कला, संस्कृति र पर्यटकीय गन्तव्यहरूबारे डिजिटल सूचना केन्द्रमार्फत जानकारी गराउन सक्ने छन्।

यसरी सञ्चालन गरिने डिजिटल सूचना केन्द्रमार्फत देश विदेशबाट भ्युटावर भ्रमण गर्न आउने पर्यटकले एउटै थलोबाट देशभरका स्थानीय तहहरूको पर्यटकीय गन्तव्य, उत्पादित कृषि उपज, फलफूल, ऐतिहासिक तथा धार्मिक स्थलहरू तथा अन्य विशेषताबारे जानकारी लिन सक्ने अपेक्षा गाउँपालिकाले गरेको छ।

अध्यक्ष राईका अनुसार डिजिटल सूचना पार्टी स्थापना गर्न कुनै शूल्क नलाग्ने व्यवस्था गएिको छ। तर, सूचना पार्टी स्थापना गर्न लाग्ने खर्च भने स्वयं स्थानीय तहहरूले बेहोर्नु पर्नेछ। यसबारे विस्तृत आवश्यक जानकारी लिन गाउँपालिका कार्यालयमा सम्पर्क गर्न सकिने कुरा पनि सूचनामा उल्लेख छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर