नेभिगेसन मेनु

आजदेखि निःशुल्क रहेन धरहरा, प्रति घण्टा ५००० सम्म शुल्क लाग्ने
सम्पादक:南亚网络电视
समय:2024-11-24 11:56

1716438752260

एस् ए टी भी ९ मङ्सिर, काठमाण्डौंः धरहरा चढ्नका लागि आज (आइतबार) देखि शुल्क लाग्ने भएको छ। स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ। यसका साथै, सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्कबाहेक राष्ट्रका पर्यटकलाई एक हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ अनुसार, यो शुल्क संरचनामा परिवर्तन भएको हो। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्न शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्।

यसका अतिरिक्त, धरहरा परिसरमा पार्किङ शुल्क पनि तोकिएको छ। चार पाङ्ग्रेलाई प्रति घण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ शुल्क तोकिएको छ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न र व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रति घण्टा पाँच हजार रुपैयाँ शुल्क लाग्नेछ। त्यस्तै सामान्य फोटोग्राफीका लागि प्रति घण्टा एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। सरकारले संविधान दिवसका अवसरमा गत ३ असोजदेखि परीक्षणका रूपमा धरहरालाई निःशुल्क गरेको थियो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर