नेभिगेसन मेनु

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार
सम्पादक:南亚网络电视
समय:2024-10-17 12:32

bandipur-village

१ कात्तिक, तनहुँ । पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्र्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथमिकता दिएसँगै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज पनि भएको छ ।

तोरी, कोदो, फापर, पिँडालु, साग, मुसुरोलगायत बाली लगाएर आयआर्जन वृद्धि तथा बालीको संरक्षणका लागि गाउँपालिकाले अनुदानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । यी उत्पादन बन्दीपुर आउने आन्तरिक तथा बाह्य पर्यटकले रुचाएकाले तिनको प्रवद्र्धनमा लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

स्थानीय किसानको आयआर्जन वृद्धि गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । अनुदान कार्यक्रमअन्तर्गत यसवर्ष पनि किसानको ५० प्रतिशत लागत सहभागितामा बीउमा अनुदान, मेसिनरी सहयोग, प्राविधिक ज्ञान तथा बिक्रीको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए ।

तोरीको लागि ३ लाख, मुसुरोलाई ३ लाख ५० हजार, कोदोलाई ६ लाख र ज्योत्ने, पिस्ने, पेल्ने मेसिनरी औँजारको लागि १० लाख अनुदान प्रदान गर्न पालिकाले रकम विनियोजन गरेको छ । तोरीखेती गरेको स्थानमा मौरीपालन गरी दोहोरो आम्दानी गर्न सकिने भएकोले मौरी पालनको लागि ६ लाख विनियोजन गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

‘मिलको अभाव भएकोले कोदो र तोरी किसानले लगाउन छाडेकाले मेसिनरीमा अनुदानको व्यवस्था गरेका छौँ,’ अध्यक्ष थापाले, ‘यसले जमिन बाँझो हुने क्रम रोक्न र रैथानै बाली संरक्षण हुने देखेर कार्यक्रम सञ्चालन गरेका हौँ ।’

सहकारी, किसान समूहलाई कार्यक्रममा सहभागी हुन सूचित गरिएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रमबाट तोरी, मुसुरो र कोदोमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले गरेको अध्यक्ष थापाले बताए । यहाँका जैविक उत्पादन बेच्न बन्दीपुरमा कोसेली घर नै सञ्चालन भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर