नेभिगेसन मेनु

पर्यटकीयस्थल रारा लगायत दर्जनौं गाउँ बस्तीमा हिमपात
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2024-02-01 13:22

him2.gif'_'.2024-02-01

हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानहरुमा हिमपात भएको छ । गएरातिदेखि यस वर्षको दोस्रो पटक हिमपात भएको हो । गएको मंसिरमा यहाँ पहिलो पटक सामान्य हिमपात भएको थियो ।

बुधबार रातिबाट मौसममा बदलीभइ उच्च भू-भाग र पर्यटकीय स्थल रारामा हिउँ परेको छ । मुगुम कार्मारोङ्ग गाउँपालिकामा पर्ने यार्सा पाटनहरु , कोइकी हिमाल, मुगुगाउँ, डोल्फु, किम्री, तखा, खारी, चितै, सेरोग दाउरा, रिउस पापु, छाइल, पुव, मह, माङ्ग्री लगायत दर्जन बढी गाउँ बस्तिमा गएरातिदेखी लगातार हिमपात भइरहेको छ ।

छायानाथ रारा नगरपालिकाका बाम, रोवा, झाकोट, तल्लेख, सोबा, मुन्दु, कोटिल्ला, घुच्चीलेक, भुल्भुले, पिना, झ्यारी, टोप्ला, मुर्मा, लगायत दर्जनौं गाउँ बस्तिमा पनि लगातर हिउँ परेको छ । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय स्थल रारा र मुर्माटप, चंखेलीमा पनि राति देखि हिउँ पर्न थालेको  र चिसो पनि अत्याधिक बढेको त्यहाँका स्थानीयको भनाइ छ ।

गए रातीदेखि लगातार  रारा ताल र आसपासका ठाउँहरुमा हिउँ परिरहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । खत्याड गाउँपालिकाको खेस्मालिका, खमाले,  कोटिल्ला, भागोटी, निगालिबोट, साट्बाडा, जम्फै, बाउपानी, जोगिलेख, रोल, सैन, गम्था, श्रीकोट, जिउका, कर्खा, जामिर, राष्कोटीबाडा, नखर्जी लगायत गाउँमा पनि हिउँ परेको छ । 

यसैगरी सोरु गाउँपालिकाको सोरुकोट, पोग्री, नेर, फोतु रुम, कालैलेक लगायत थाउमा हिमपात र पानी परेको छ। माघ तेस्रो सातामा भएपनि  हिमपात भएपछि हिउँदे बाली गहुँ, जौँ र हिमाली बाली उवा र फलफुल स्याउ, आरु, ओखर लगायत फलफूल र अन्नबाली  राम्रो हुने आशामा कृषकहरु खुशी भएका छन्  । यस्तै, हिमपातका कारण हिमामा पाउने यार्सा, जडिबुटीहरु पनि गुणस्तरको हुने भन्दै कृषक तथा जडिबुटी व्यापारीहरु खुशी भएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर