नेभिगेसन मेनु

लापोर्टे साउदीमा रोनाल्डोसँगै खेल्ने
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-08-25 14:15

thumb (1)

लन्डन — स्पेनी डिफेन्डर आयमेरिक लापोर्टे प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीबाट साउदी अरेबियातिर लागेका छन् । उनलाई साउदी क्लब अल–नासरले २ करोड ९० लाख डलर (२ करोड ३० लाख पाउन्ड) मा बिहीबार अनुबन्ध गर्‍यो ।

सेन्टर–ब्याक लापोर्टेले सिटीको बसाइमा १२ उपाधि जितेका छन् । गत सिजन तीन उपाधि जित्नेक्रममा खासै खेल्ने अवसर नपाएका उनका लागि क्रोएसियाका डिफेन्डर जोस्को गिभार्डियोलको आगमनले अझै अवसर खुम्च्याइदिएको थियो । २९ वर्षीय उनी अल्जेरियन विंगर रियाद महारेज अल–अहाली गएपछि खाडी मुलुकको आकर्षक प्रस्ताव स्वीकार गर्ने पछिल्ला खेलाडी हुन् ।

लापोर्टेले एथलेटिको बिल्बाओबाट जनवरी २०१८ मा क्लबको कीर्तिमान ५ करोड ७० लाख पाउन्डमा सिटी आएयता १ सय ८० खेल खेलेका छन् । ‘पछिल्ला ६ सिजन म्यानचेस्टर सिटीको प्रतिनिधित्व गर्न पाएकोमा गर्व गर्छु,’ उनले भने, ‘पहिलोपल्ट क्लबमा आबद्ध हुँदा ट्रफी जित्ने बारेमा उत्साहित थिए । एकसाथ हामीले हात पारेका सफलता मैले कल्पना पन गरेको थिइनँ । प्रशिक्षक, सहकर्मी खेलाडीहरू र सिटीका समर्थकलाई धन्यवाद व्यक्त गर्न चाहान्छु । म सधैं सिटीको समर्थक हुनेछु ।’

लापोर्टेले पेप ग्वार्डिओलाको टिममा रहेर सिटीमा प्रिमियर लिगको ५, च्याम्पियन्स लिग र घरेलु प्रतियोगिताका ५ उपाधि जितेका छन् । अब उनले साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डो र साडियो मानेसँगै अल–नासरबाट खेल्ने छन् । साउदीको सार्वजनिक लगानी कोष (पीआईएफ) ले लिएका चार क्लबमध्ये एक क्लब अल–नासर पनि हो । पीआईएफले लिएका क्लबहरूले प्रिमियर लिग र युरोपेली क्लबका खेलाडी भित्र्याउन अत्यधिक मूल्य लगाइरहेको छ ।

साउदी क्लबले ब्राजिलका फरवार्ड नेयमर, फ्रान्सका करिम बेन्जेमा र एन्गोलो कान्टेलगायत शीर्ष खेलाडीलाई पनि भित्र्याएको छ । रोबेर्टो फिर्मिनो, जोर्डन हेन्डरसन, कालिडोउ काउलीबेली, अलेक्जेन्डर मित्रोभिच, एलेक्स टेलेस र रुबेन नेभस पनि खाडी मुलुक प्रवेश गरिसकेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर