नेभिगेसन मेनु

सरकारका काम कारवाही प्रति असन्तुष्ट प्रमुख प्रतिपक्षि पार्टीका नेता प्रचण्डले गरे संसदमा सम्बोधन
सम्पादक:南亚网络电视
समय:2025-03-12 14:00

prachanda

एस् ए टी भी २८ फाल्गुन, काठमाडौँः फाल्गुन २७ गते बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी पार्टीका नेता पुष्प कमल दाहाल 'प्रचण्ड'ले वर्तमान परिप्रेक्ष्य सरकारको काम कारबाही प्रति तथा पछिल्लो समयमा राजावादीहरूको सक्रियताले विकसित घटनाक्रमको बारेमा चासो व्यक्त गरेका छन्।

ठुलो संघर्ष र बलिदानले उपलब्ध गरेको प्रजातान्त्रिक गणतन्त्रका तमाम ज्ञात अज्ञात शहीदहरूको सम्झना गर्दै आफ्नो वक्तव्य सुरु गरेका प्रतिपक्षी नेता प्रचण्डले धेरै ठुलो त्याग र बलिदानबाट प्राप्त उपलब्धि अहिलेको सरकार र यसका काम कारबाहीका कारण धरापमा पर्ने अवस्था आएको भन्दै चासो र चिन्ता व्यक्त गरे।

"आज भन्दा ८ महिना अघि हामी सरकारमा छँदा जनतामा यो स्तरको निराशा थिएन।" उनले भने। नयाँ सरकार दुई तिहाइको दम्भ देखाउँदै जनता प्रति जबाफदेही बन्न नसकेको आरोप लगाए। त्यसो त उनले यस सरकारको संवैधानिकतामाथि नै प्रश्न पनि उठाउन भ्याएका थिए।

सरकार बिचौलियाको पृष्ठपोषण गर्न विभिन्न अध्यादेशहरू जारी गर्न हौसिएर लागेको छ , प्रधानमन्त्री राजा महाराजा शैलीमा जनताको बाटो काट्दै हिँड्ने गरेको कुरा कोट्याउँदै उनले देशमा सरकार तथा सरकारमा रहेका व्यक्तिहरूको तर्फबाट यस्तै प्रकृतिका व्यवहारले जनतामा निराशाको बादल मडारिएको बताए। देश छोड्न कम्मर कसेर लागेको जमातले पनि सरकार तथा दलहरू प्रतिको नकारात्मकतालाई झल्काउने उनको टिप्पणी थियो।

कार्यकारीमा रहेका व्यक्तिहरूको यही अनुदारताको फाइदा उठाउन प्रतिकृयावादीहरु चलमलाउन थालेको भन्दै उनले भर्खरै पूर्व राजा समर्थित र्‍याली तर्फ चासो व्यक्त गरे। रगतको खोलो बगेर आएको यस व्यवस्था यती सजिलै उल्ट्याउन सक्छु भनेर लाग्नु पूर्व राजाको दिवा सपना रहेको बताउँदै नेता प्रचण्डले कसैको उक्साहटमा लागेर यस्ता गल्ती नदोहोर्‍याउन पूर्व राजालाई रोस्ट्रमबाटै सम्झाए।

यस अवस्था वर्तमान सरकारको अकर्मण्यता तथा निरंकुशताको उपज रहेको पनि उनले बताए। आफ्नो सरकारका समयमा आफूले संघीय निजामती सेवा विधेयक तथा अन्य थुप्रै लोककल्याणकारी विधेयकहरू ल्याएको तर अहिलेको सरकारले तिनलाई बेवास्ता गरेको उनको आरोप पनि थियो।

आफ्नो लामो हुलाकी मार्ग यात्राले अहिले जनतामा नैराश्य अझ सत्ता साझेदार दलहरू प्रति उब्जिएको वितृष्णा प्रस्ट सङ्ग देखिएको जनाउँदै अब पनि नसच्चिए निकट भविष्यमा नै जनताले ठेगान लगाउने स्थिति नआउला भन्न नसकिने पनि उनले बताए।

सम्बोधनको धेरै समय सरकारको काम कारबाही प्रति आलोचना गर्न बिताएका उनले संसदमा संसदीय अभ्यास गर्नबाट पनि सरकारले वञ्चित गरेको आरोप लगाए। प्रतिपक्षीलाई हेपेर अगाडी बढ्ने प्रक्रियाले प्रधानमन्त्रीलाई तानासाह बन्न अग्रसर रहेको आरोप पनि लगाउन भ्याएका थिए।

उनले सत्ता पक्षीय दलका नेता तर्फ लक्षित गर्दै प्रतिगमनका विरुद्ध एक भएर उभिएर जनतामा फेरि एक पटक आशाको किरण छर्न लाग्नु पर्ने बताए।देश र जनता फेरि रैती बन्ने अवस्थामा नरहेको बताउँदै उनले संसद र सडकमा रहेको प्रतिगमनलाई प्रजातान्त्रिक गणतन्त्र सिद्ध्याउन दिन नहुने उनको धारणा रहेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर