नेभिगेसन मेनु

नेपाल-चीन वसन्त उत्सव गाला तथा सांस्कृतिक कार्यक्रम पोखरामा सम्पन्न
सम्पादक:南亚网络电视
समय:2025-02-25 17:18

480708534_122230475900026800_2210700236343434452_n

एस् ए टी भी ०९ फाल्गुण, काठमाडौँः नेपाल तथा चीनको दौत्य सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव तथा चिनियाँ नयाँ वर्षको उपलक्षमा आयोजित विभिन्न कार्यक्रम शृङ्खला अन्त्य तथा नेपाल-चीन वसन्त उत्सव गाला तथा सांस्कृतिक कार्यक्रम पोखरामा यही फरवरी २० अर्थात् फाल्गुण ८ मा सम्पन्न भएको छ। 

480855498_122230474454026800_9015689898660916439_n

हिमालयले सीमा तोकिदिएका दुई देश बिचको मित्रता अनन्त सम्म रहिरहने विश्वास सहित आयोजना भएको कार्यक्रममा विभिन्न कला तथा प्रस्तुतिहरू प्रदर्शन भएको थियो। पोखरा महानगरपालिका उपमेयर मन्जु देवी गुरुङ, नेपाल स्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिन्, गण्डकी प्रदेश पूर्व ऊर्जा मन्त्री वेद बहादुर गुरुङ,नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्व शंकर पालिके,नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पोखरा महानगरपालिकाको प्रवक्ता मोतीराज तिमल्सिना,पोखरा ओवरसिज एसोसिएसनका अध्यक्ष चान च्याङ सोङ,पोखरा ओवरसिज एसोसिएसनका उपाध्यक्ष थाङ हाइ च्युन,पोखरा महानगर पालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौँलागाँई लगायत व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रमले पोखरा महानगरपालिकाले २०२५लाई पोखरा भ्रमण वर्ष घोषणा गरेको शुभ अवसरलाई पनि साँच्चिकै टेवा पुर्‍याएको जस्तो देखिन्थ्यो।

图片_20250221162134

मन्तव्य प्रस्तुत गर्दै पोखरा महानगर उपमेयर गुरुङले नेपाल चीन सम्बन्ध पहिल्यै देखि सुन्दर रहेको र विशेषतः पोखरा चिनियाँ ९ सहरहरू सङ्ग भगिनी सम्बन्ध कायम राख्दै चीन सङ्गको सामीप्य अझै सुमधुर बनाउने प्रयासमा लागिरहेको बताइन्। यसरी बढी भन्दा बढी चिनियाँ  पर्यटक पोखरा तथा नेपाल भित्र्याई अझ शक्तिशाली सम्बन्ध स्थापनार्थ आफूहरू लागि परिरहेको पनि उनले बताइन्। चीन संस्कृति र परम्पराले भरिपूर्ण देश रहेको र नेपाल पनि त्यस्तै रहेको र चिनियाँ संस्कृतिले नेपालमा मात्रै नभई विश्व भरि नै छाप छोडिरहेका बेला नेपाल अझ पोखरामा वसन्त उत्सव गाला आयोजना हुनुले धेरै ठुलो अर्थ राख्ने उनको तर्क थियो।

图片_20250221162143

जनवादी गणतन्त्र चीनको नेपाल स्थित दूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले नेपालको पर्यटकीय नगरी पोखरामा नयाँ वर्षको यो कार्यक्रम भइरहँदा खुसी महसुस गरिरहेको बताए। अनेकन् क्षेत्रहरूमा नेपाल तथा चीनले सहकार्यका हातहरू जोडिरहेको यस बखतमा जसरी प्रधानमन्त्री के पि शर्मा ओलीको चीन भ्रमणका बेला एक बेल्ट एक रोड अवधारणामा हस्ताक्षर भयो त्यसले नेपाल तथा चीन बिचको भाइचारा अझै धेरै उचाइ लिएको विश्वास लिएको उनले बताए। बौद्धिकता र नवजन्मको संकेत गर्ने चिनियाँ सर्प वर्ष हिन्दु देव भूमि जहाँ भगवान् विष्णु र शिव पनि सर्पको बिस्तारा र माला बनाउँछन् त्यहाँ मनाउने यस सुनौलो अवसर पाएकोमा उनी निकै हर्षित पनि देखिन्थे।

481190527_122230473704026800_1221178057287949895_n

विभिन्न रोमाञ्चक प्रस्तुतिले भरमग्दुर आनन्द प्रदान गरेको उक्त कार्यक्रमको चर्चित युवा कलाकार पाइ मा लामु को टासी डेले बोलको गीतले  माधुर्य बढायो भने चीनको सिचााङ स्वायत्त क्षेत्रको शान्नान सहरको  कला समूहद्वारा तयार पारिएका अन्य सुन्दर प्रस्तुतिहरूले त्यो साँझ रङ्गिन बनाउन अवश्य मद्दत पुर्‍याए।

480901382_122230474322026800_5329116956868274427_n

समग्रमा नेपालमा वसन्त उत्सव तथा नेपाल चीन ७० औँ वार्षिकोत्सव मनाउने सिलसिलाबद्ध कार्यक्रमहरू अत्यन्तै उत्साहप्रद ढङ्गले सम्पन्न हुनुले नेपाल र चीनका बिच बढ्दो सामीप्यलाई बुझाउँछ त्यसै माथि भर्खरै हस्ताक्षरित बि आर आइ फ्रेमवर्कले त्यसलाई पुष्टि गर्दछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर