नेभिगेसन मेनु

दोस्रो नेपाल चीन मैत्रीपूर्ण फुटबल खेल सम्पन्न, चिनियाँ युनान टोलि विजयी
सम्पादक:南亚网络电视
समय:2025-02-15 23:01

IMG_1313

एस् ए टी भी ०३ फाल्गुण, काठमाडौंः चिनियाँ नव वर्षको उपलक्ष्यमा नेपाल स्थित जनवादी गणतन्त्र चीनको राजदूतावास,नेपाल राष्ट्रिय खेलकुद परिषद् तथा युनान प्रान्तीय खेलकुद ब्युरोको निर्देशन तथा अखिल नेपाल फुटबल सङ्घ, नेपाल स्थित प्रवासी चिनियाँ सङ्घ र युनान फुटबल सङ्घको सह आयोजनामा नववर्ष कप नेपाल चीन मैत्रीपूर्ण खेल सम्पन्न भएको छ।

IMG_0992

सन् २०२५ को नेपाल- चीन नयाँ वर्षको शृङ्खलाबद्ध कार्यक्रमको मुख्य आकर्षणको केन्द्र रहेको खेल चिनियाँ युनान युवा टोलीले नेपाली युवा टोलीलाई २-०को अन्तरमा जीत हात पार्‍यो। हजारौँ दर्शक तथा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक, नेपाल स्थित जनवादी गणतन्त्र चीनका राजदूत छन् सोङ लगायतको उपस्थितिमा भएको खेल एकदमै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक रूपमा सकिएको छ।

IMG_1056

उद्घाटन समारोहमा बोल्दै नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन् सोङले नेपाल र चीन सदियौँ देखि चौतर्फी क्षेत्रमा सहकार्य गर्दै आएको सम्झँदै नेपालको विकासमा सहयोगार्थ चीन हरदम तयार रहेको स्पष्ट पारे। यस खेलले नेपाल तथा चीनको मैत्रीपूर्ण सम्बन्धमा अझै प्रगाढता आएको पनि बताए। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको सम्झँदै उनले त्यहाँ भएका सम्झौता तथा समझदारीले नै अहिलेको खेल पनि सञ्चालन हुने अवस्था आएको बताए। उनले नेपाल स्थित सम्पूर्ण चिनियाँ नागरिकहरूलाई चिनियाँ नयाँ वर्षको शुभकामना पनि प्रदान गरेका थिए।

IMG_1070

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले चीन सङ्ग नेपाल र नेपालीको सुमधुर सम्बन्ध रहेको परापूर्व काल देखि व्यापार तथा अन्य थुप्रै क्षेत्रहरूमा निकटस्थ रहेको बताए। यस अपनत्वलाई दूरगामी बनाई राख्न एक अर्काप्रति सम भावको भावना ल्याउनु पर्नेमा पनि उनले जोड दिए। चिनियाँ सहयोग र सहकार्य लामो समय सम्म जारी रहनेमा आशावादी रहँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फ बाट चीन तथा चिनियाँ जनतालाई नव वर्षको शुभकामना प्रदान पनि गरेका थिए।

IMG_1157

शारीरिक र प्राविधिक रूपमा बलियो चिनियाँ युवा टोलीले नेपाली किशोरहरूलाई खेलको धेरै समय दबाबमा राखेको थियो। फलतः नेपाली युवा टोली २-० ले नतिजा सुम्पन बाध्य भयो। नेपाली टोलीले पाएका केही अवसरहरू सदुपयोग गर्न नसक्दा मैत्रीपूर्ण खेलमा हार व्यहोर्न पुगेको हो।

IMG_1126

चिनियाँ युवा टोलीका लागि खेलको २१ औँ मिनेटमा यु मङ होइ तथा ७८ औँ मिनेटमा वाङ पिन हानले गोल गरेका थिए। दुवै खेलाडीले बक्स बाहिर बाट दर्शनीय गोल गरेका थिए। पास र क्रसमा फितलो देखिएका नेपाली खेलाडीहरूले उचाइको पनि घाटा व्यहोरेको देख्न सकिन्थ्यो। खेल दौरान विपक्षी खेलाडी सङ्ग जुधेर घाइते भएका आशिस राईको खुट्टा तीन ठाउँमा भाँचिएको पनि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जानकारी दिएको छ।

IMG_1013

कार्यक्रममा सशस्त्र प्रहरी बल लगायत अन्य संस्थाबाट विभिन्न प्रस्तुतिहरु पनि समावेश थियो। मैत्रीपूर्ण खेलले नेपाल तथा चिनियाँ सरकार मात्रै नभएर जनता जनता बिचको सम्बन्ध अझै निकट बनाएको आभास भएको उपस्थित दर्शक तथा आयोजकले जनाएका छन्। नेपाल र चीन बिचमा यस्ता आदान प्रदानले नेपाली खेलकुद विकास तथा समग्र अन्य विकासमा पनि सकारात्मक असर पर्ने देखिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर