नेभिगेसन मेनु

सरिना जी. ट्रेड प्रा. लि. को आयोजनामा जे.एम.इ.भी. इ.भी.इजी ट्याक्सीको दोस्रो प्रक्षेपण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
सम्पादक:南亚网络电视
समय:2025-03-02 18:17

IMG_3100

एस् ए टी भी १८ फाल्गुन, काठमाडौँ: शिवपुरी नागार्जुनको काखमा सरिना जी. ट्रेड प्रा. लि. को आयोजनामा जे.एम.इ.भी. इ.भी.इजी ट्याक्सीको दोस्रो प्रक्षेपण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।  

IMG_3040

बागमती प्रदेश सरकारका मुख्य मन्त्री बहादुर सिंह लामा तामाङ, नेपाल स्थित जनवादी गणतन्त्र चीनको राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिन, बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मधु कुमार श्रेष्ठ, सरिना जी. ट्रेड प्रा. लि.का अध्यक्ष राजु श्रेष्ठ ट्याक्सी व्यवसायी संघका प्रतिनिधि , ट्याक्सी चालक तथा खरिदकर्ता लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको कार्यक्रममा बलियो उपस्थिति देख्न सकिन्थ्यो।  

IMG_3124

चीनबाट आयातित २४ वटा ट्याक्सी हस्तान्तरण तथा दोस्रो प्रक्षेपणमा अघिल्लो प्रक्षेपणमा लगानी गरेका लगानी कर्ताहरूको सकारात्मक प्रतिक्रिया देख्न सकिन्थ्यो। विगत एक महिना देखि जे.एम.इ.भी.को इ.भी.इजी ट्याक्सी सडकमा गुडाइरहेका एक जना ट्याक्सी चालक उमेश का अनुसार यो अन्य भन्दा राम्रो , लक्जरियस, डिक्की ठुलो भएको , माइलेजपनि धेरै दिने, उकालो ओरालोमा पनि अरू भन्दा भरपर्दो रहेको बताए। उत्तर आधुनिक डिजाइनले यसलाई चलाउन सहज भएको पनि उनले बताए। यो इ.भी. लिइसकेपछि आफ्नो जीवनस्तरमा सकारात्मक परिवर्तन आउनेमा उनी र उनीजस्तै ट्याक्सी चालकहरू आशावादी देखिन्छन्।  

IMG_3022

ट्याक्सी हेर्दा अत्यन्तै उत्साहजनक रहेको र यसको सही सदुपयोग गर्न अब प्रदेश सरकारले ठाउँ ठाउँमा चार्जिङ स्टेसन तथा मर्मत गर्ने स्थल बनाउन पहल गर्ने बागमती प्रदेश सरकार सहकारी तथा गरिबी सूचना मन्त्री मधुकुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरे। उनले ट्याक्सी चालकको हकहितमा प्रदेश सरकारले जस्तो सुकै कदम चाल्ने पनि आश्वासन प्रदान गरे।  

IMG_3051

नेपाल स्थित जनवादी गणतन्त्र चीनका डेपुटी चिफ अफ मिसन वाङ सिनले नेपालका सडकमा अहिले ८३ प्रतिशत भन्दा धेरै विद्युतीय गाडीको वर्चस्व रहेको बताउँदै नेपालका सडकमा निस्कँदा देखिने विद्युतीय गाडीको लहरले आफूलाई खुसी लाग्ने गरेको बताए। चीन विद्युतीय गाडीको विश्व व्यापी ठुलो उत्पादनकर्ता तथा निर्यातकर्ता भएको बताउँदै नेपालको सहयोगका लागि आफूहरू तत्पर रहेको बताए। विद्युतीय गाडीको प्रयोगले अन्य इन्धनका गाडीले जस्तो प्रदूषण नगर्ने र वातावरणीय हिसाबले मानव सभ्यताको लागि दिगो रूपमा सहयोग गर्ने हुँदा यसको प्रयोग बढाउँदै लैजानु पर्नेमा पनि उनले जोड दिए। 

IMG_3087

बागमती प्रदेश सरकारका मुख्य मन्त्री बहादुर सिंह लामा तामाङले आयोजकले अत्यन्तै राम्रो काम गरेको र यस कामका लागि प्रदेश सरकारले के गर्न सक्छ त्यसका लागि वार्ता गर्न खुला रहेको जनाए। उनले बैङ्कहरूले २० प्रतिशत सुरुवाती भुक्तानी र ८० प्रतिशत फाइनान्स सुविधालाई नै यथावत् राखेर चालकहरूलाई सहुलियत दिन पनि आफूले पहल गर्ने बताए। यो इ.भी. ट्याक्सी सुविधाजनक तथा उपयोगी रहेकोले यसले बजारमा राम्रो उपस्थिति जनाउने भन्दै उनले सरिना जी. ट्रेड प्रा. लि. अध्यक्ष राजु श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरे।

IMG_3127

ट्याक्सी खरिद गरेका चालक तथा व्यवसायीहरूको अनुहारमा मन्द मुस्कान थियो किनभने उनीहरूलाई लागिरहेको थियो कि अब भने माइलेज पनि राम्रो दिने र लागतमा पनि सहुलियत भएको ट्याक्सी पाइएको छ। यसले उनीहरूको जीवनशैलीमा साँच्चै सकारात्मक परिवर्तन ल्याउनेमा आयोजक आशावादी छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर