नेभिगेसन मेनु

भौतिक प्रगति र सांस्कृतिक-नैतिक सामञ्जस्यले देश विकासमा पार्ने सकारात्मकता र सि चिन फिङ विचारधाराको प्रयोगमा आधारित विचार सङ्गोष्ठी काठमाडौँमा सम्पन्न
सम्पादक:南亚网络电视
समय:2025-03-02 11:45

IMG_2822

एस् ए टी भी १८ फाल्गुण, काठमाडौँ: राष्ट्रको प्रगतिमा भौतिक विकास र सांस्कृतिक-नैतिक परिवर्तन र ती दुईको तादात्म्यले दिने सकारात्मक असर केलाउँदै हिजो फ्रेण्ड्स अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपालको आयोजनामा काठमाडौँमा भौतिक तथा सांस्कृतिक-नैतिक उन्नतीः संस्कृतिमा सी चिन फिङ विचारधाराको अभ्यास विषयक गोष्ठी सम्पन्न भएको छ।

IMG_2744

कार्यक्रममा नेपाल सरकार संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, नेपाल स्थित जनवादी गणतन्त्र चीनका महामहिम राजदूत छन् सोङ, नेपालकातर्फ बाट चीनका लागि पूर्व नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, प्राध्यापक अतुल कोइराला, लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

IMG_2739

सुरुवातमा नेपाल-चीन मित्रता दर्साउँदै सांस्कृतिक आदान प्रदान तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिन फिङको सन् २०१९ को नेपाल भ्रमणको सम्झना गराउने फोटो प्रदर्शनी साझा गरिएको थियो भने हालै नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाको नेतृत्वमा २० सदस्यीय टोली चीन भ्रमणमा गएको र उक्त भ्रमण दलको नेतृत्वकर्ता सुजाता कोइरालाको सम्बोधन भिडियो सामग्री सम्प्रेषण गरिएको थियो।

IMG_2689

कार्यक्रममा बोल्दै प्राध्यापक अतुल कोइरालाले नेपाल र चीनको बिचमा सहृदयी सम्बन्ध सदियौँ देखि रहँदै आएको र उसले जसरी यस सी चिन फिङ विचारधारालाई अनुसरण गरेर प्रगतिको बाटो तय गरेको छ त्यस किसिमको बाटो हामीले पनि तय गर्न सक्ने तर त्यो किसिमको इच्छाशक्ति हुनु पर्ने भन्नेमा जोड दिए। उनले हाम्रा कलाकार अरनिको चीन गएर आफ्नो कलाकृतिले चिनियाँ जनताको मन जितेको सम्झँदै अब भने हामीले चिनियाँ प्राविधिक छलाङबाट सिकेर देश र जनताको उत्थानमा सक्रिय हुन पर्ने भन्दै देशको उच्च निकायको ध्यानाकर्षण पनि गराए।

IMG_2726

नेपालका लागि जनवादी गणतन्त्र चीनका महामहिम राजदूत छन् सोङले नेपाल र चीन एक असल छिमेकी रहेको र नेपालको विकासकालागि आफूहरू हर प्रयास गर्न तयार रहेको बताए। सी चिन फिङ विचारधारा चीनको फाइदाको लागि मात्रै नभएर सम्पूर्ण विश्वको हितका लागि प्रयोग गर्न सकिनेमा उनको विश्वास थियो। विश्व मानव सभ्यताको मानचित्रमा भएका हरेक प्रश्नहरूको उत्तर यस विचारधारामा रहेको जनाउँदै उनले यसलाई विश्वव्यापीकरणमा लैजाने बताए। सी चिन फिङ विचारधारालाई विश्वको एक उत्कृष्ट दर्शन बनाउने उद्देश्यमा खरो उत्रिँदै नेपालमा विभिन्न कार्यक्रमहरू जस्तै नानहाइ बुद्धिस्ट गोलमेच सम्मेलन, अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड, ड्र्याग्न बोट दौड प्रतियोगिता, फेवा डाइलग, लुम्बिनी शान्ति पर्व, तथा चिनियाँ नयाँ वर्ष शृङ्खलाबद्ध कार्यक्रम लगायतका विभिन्न कार्यक्रमहरू गर्दै आएको र यसलाई अन्य कार्यक्रमहरूले निरन्तरता दिने पनि उनले बताएका थिए। 

IMG_2758

कार्यक्रममा बोल्ने क्रममा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आफू पनि राजनीति शास्त्रको विद्यार्थी रहेकाले भौतिकता, सांस्कृतिकता, तथा नैतिकता को सम्मेलनमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे। चीनले अपनाएको यस सी चिन फिङ विचारधाराको सहयोगले उसको भौतिक प्रगति त भएकै छ त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा जनताको खुसी र संस्कृतिको संरक्षण पनि भएको छ।यस बारे मन्त्री पाण्डेले जुन हिसाबले अहिले नेपालीमा फैलिएको नैराश्य छ त्यसलाई चिर्दै सुन्दर भविष्यको निर्माणमा लाग्नु पर्नेमा जोड दिए। 

IMG_2808

समग्रमा कार्यक्रमले भौतिक प्रगति र सांस्कृतिक तथा नैतिकताको सामञ्जस्यले देश र जनतामा आउने उभार चीनले देखाएको प्रगतिमा देखिन्छ र त्यस किसिमको प्रगति नेपालले पनि गर्न सक्छ र त्यसको लागि उच्च स्तरको नेतृत्वले सुझबुझ पूर्ण तरिकाले सी चिन फिङ विचारधारालाई अपनाउँदै अगाडी बढ्नु पर्नेमा जोड दिएको छ। 

कार्यक्रमको अन्त्यमा बोल्दै फ्रेण्डस् अन द क्लाउडः प्लेटफर्म फर इन्फ्लुएन्सर्स नेपालका अध्यक्ष सोवित उप्रेतीले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै कार्यक्रमले केही हद सम्म आफ्ना एजेन्डाहरू मार्फत देश विकास र उन्नतिको बाटोमा मलजल थप्न सकेकोमा खुसी व्यक्त गरे। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर