नेभिगेसन मेनु

किसानलाई परिचयपत्र वितरण
सम्पादक:南亚网络电视
समय:2024-03-20 12:32

lekhbasi

चैत ७ गते । सुर्खेतको लेकवेशी नगरपालिकाले किसान परिचयपत्र वितरण सुरु गरेको छ । मङ्गलबारदेखि नगरपालिकाले वर्गीकरणसहितको किसान परिचयपत्र वितरणको काम सुरु गरेको हो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले परिचयपत्र वितरणले भू–उपयोगमा पहुँच पुग्ने बताउनुभएको छ । उहाँले किसान वर्गीकरणसहितको परिचयपत्र वितरणको शुभारम्भ कार्यक्रमका सुरुवात गर्नुभएको थियो । शर्माले किसान  अम्बरबहादुर थापालाई  परिचयपत्र वितरण गरि औपचारिक रुपमा शुभारम्भ गर्दै वर्गिकरणसहितको किसान परिचयपत्र वितरणले भू–उपयोगमा पहुँच पुग्ने बताउनुभएको हो । कर्णालीको खेतीयोग्य जमिन बाँझो रहेको गुनासो गर्दै किसान परिचयपत्र वितरणले भू–उपयोग नितिलाई पूर्ण रुपमा पहुँच पुर्‍याउने विश्वास गर्दै किसानलाई भू–उपयोगमा प्रविधि र प्राविधिक सहित सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध भएको मन्त्री शर्माले बताउनुभयो ।

परिचय पत्र वितरण प्रणालीलाई भूमि हिन सुकुम्बासी, सना किसान, मध्यम र ठुला किसान ४ भागमा विभाजन गरी वितरण गर्न कर्णाली प्रदेशको पहिलो स्थानीय तह लेकवेशी नगरपालिका भएको बताउँदै किसान परिचय पत्रको व्यबहारिक कार्यान्वयन गर्न स्थानीय सरकारले अनुगमन तथा निरीक्षण प्रणालीलाई सक्रिय बनाउन आग्रहसमेत मन्त्री शर्माले गर्नुभयो ।

वास्तविक किसान भुईतहमा र बारीमै सिमित भएको र अनुदान मुखि किसान परिचयपत्र मा मात्रै सिमित हुने प्रणाली प्रदेश सरकारले खारेज गरि उत्पादनमा आधारित अनुदानलाई व्यवस्थित गर्न प्रदेश सरकारले एक फर्म एक उत्पादन र अनेक स्वामित्वको नीति अवलम्बन गरिएको बताउनुभयो । संघ, प्रदेश र स्थानीय सरकार प्रतिस्पर्धि नभई समन्वय सहकार्यबाट किसानको हकहितमा कार्य गर्ने भएकाले प्रदेश सरकारले स्थानीयतहका कर्मचारीको क्षमतावृद्धि जस्ता कार्यक्रम सहकार्य गरेको बताउनुभयो । लेकवेशीको वडा नं १ न लेखफर्साबाट वर्गीकरणसहितको किसान परिचय वितरणको पहिलो चरणमा ३० जना किसानलाई परिचयपत्र वितरण गरिएको लेकवेशी नगरपालिकाका प्रमुख उमेश पौडेलले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर