नेभिगेसन मेनु

उपचार गर्न रकमको अभाव
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-17 13:51

sfgjhf

कपिलवस्तु भदौ ३१ गते । देब्रे खुट्टाको सानो फोका फुटेर घाउ भएको थियो । चप्पल फित्ता अडिने ठाउँमा समस्या भए पछि हिँडडुल गर्न असहज भयो । स्थानीय मेडिकलमा उपचार गर्दा निको भएन । घाउ बढ्ने र धेरै चिलाउन लाग्यो । समस्या बल्झिँदै गए पछि कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवा की ५५ वर्षीया उषा सुनार थप उपचार गराउन बुटवल पुग्नुभएको थियो ।

तिन साता अगाडि लुम्बिनी सिटी (निजी अस्पताल) मा ५ दिन सम्म भर्ना हुनुभयो । स्थानीय मेडिकल र अस्पतालमा उपचार गराउँदा ६५ हजार खर्च भयो । कर्जा र सापटी लिएको रकम सकिए पछि उपचार छाडेर सुनार घर फर्किनुभएको थियो ।

सुनारले भन्नु भयो, ‘ अहिले घाउ कुहिए जस्तो लागेको छ । हिँडडुल गर्न सक्दिन । उपचारका लागि छिमेकीसँग सापटी र ऋण लिएको थिए । समस्या थाहा नहुँदै पैसा सकियो । ’ सुकुम्वासी बस्ती फुसको घरमा बस्दै आउनुभएकी सुनार दाउरा बेचेर जीविका चलाउँदै आउनुभएको थियो । १३ वर्ष अगाडि उच्च रक्तचापका कारण पतिको मृत्यु भएको थियो । ३३ वर्षका छोरालाई बौद्धिक अपाङ्गता छ । उनलाई सुस्त मनस्थिति भएको र श्रवणको समस्या छ ।

घरमा सहयोग गर्ने कोही छैनन् । खाना पकाउन, लुगा लगाउन शौचालय जानसमेत सकस भएको छ । छोराले कान सुन्दैन, बोल्न सक्दैन । निको भएको भए दाउरा बेचेर ऋण तिर्ने हो । जायजेथा केही पनि छैन । हामी छिमेकीहरू मिलेर सहयोग गरेको स्थानीय विमल विकले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर