नेभिगेसन मेनु

मिटरब्याज समस्या समाधान गर्न प्रशासनको सक्रियता
सम्पादक:南亚网络电视
समय:2023-07-01 16:48

ण

लुम्बिनी, असार १६ गते । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मिटरब्याजी समस्या समाधान गर्न सक्रियता देखाएको छ । पहिलो चरणमा मिटरब्याज पीडितका उजुुरी लिएको प्रशासनले अहिले निवेदनहरुको छानबिन गर्ने तथा दुुवै पक्षसँग छलफल गराई समस्या समाधान गर्ने गरेको छ ।

मिटरब्याज पीडितका तर्फबाट जिल्लामा ५३५ वटा उजुुरी परेको छ । तीमध्ये शुक्रबारसम्म ६६ वटा उजुुरीको फर्स्यौट भएको र बाँकी उजुुरीको एक दुुई महिनाभित्र फर्स्यौट गर्ने गरी काम अगाडि बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले जानकारी दिनुुभयो ।

प्रजिअ पाण्डेयका अनुसार यो समस्या समाधा गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा दुुईवटा कार्यदल गठन गरिएको छ । कार्यदलले निवेदक (पीडित) र पीडकलाई बोलाएर छलफल गराउने, प्रचलित कानुुुनभन्दा बढी ब्याज लिएकाको फिर्ता गराउने, झुटा प्रमाणहरु नष्ट गराउने जस्ता काम गरिहेको छ । पछिल्लो समय कार्यदलले दैनिक १५ वटा निवेदनमा छलफल गराउने र समस्या समाधान गर्दै आएको प्रजिअ पाण्डेयको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर