नेभिगेसन मेनु

एथलेटिक्स टोली आज ढाका जाँदै
सम्पादक:南亚网络电视
समय:2023-01-18 13:29

无标题

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय नेपाली टोली आज बंगलादेश प्रस्थान गर्दैछ ।

२० जनवरीमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम विष्ट र करणबहादुर खड्का तथा महिलामा विन्द्राधन्के श्रेष्ठ र पुष्पा भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।

हाफ म्याराथनको पुरुषमा गोपीचन्द्र पार्की र सन्तोषनाथ योगी तथा महिलामा सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र रेखा विष्टले खेल्ने छन् । प्रशिक्षक तथा अफिसियलमा विमला राना मगर छिन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रम गरी बिदाइ गरेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर