नेभिगेसन मेनु

समयमै विवरण नबुझाउने ३ सेयर ब्रोकर कारबाहीमा
सम्पादक:南亚网络电视
समय:2023-01-11 12:09

Securities-Board-of-Nepal-Dhitopatra-Board-1-1024x639

२६ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमा विवरण नबुझाउने ३ वटा सेयर ब्रोकर पनि कम्पनीलाई कारबाही गरेको छ । सनि सेक्युरिटिज ९ब्रोकर(४२० , इम्पेरियल सेक्युरिटिज ९ब्रोकर(४५० र त्रिशूल सेक्युरिटिज कम्पनी ९ब्रोकर(२९० कारबाहीमा परेका हुन् ।

नियामकीय व्यवस्थालाई अटेर गर्दै बोर्डले मागेका विवरण तथा प्रतिवेदनसहित नियमित रुपमा त्रैमासिक आर्थिक प्रतिवेदन पेश नगर्ने तीन वटा कम्पनी कारबाहीमा परेका हुन् ।

बोर्डको सञ्चालक समिति बैठकले २४ पुसमा ३ वटै धितोपत्र दलाल व्यवसायीलाई पनि कारवाही गर्ने निर्णय गरेको बोर्डका एक अधिकारीले बताए ।

तोकिएको समयमा प्रतिवेदन पेश नगरेकोले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ८२ ९२० अनुसार सनि सेक्युरिटीजलई १० हजार रुपैयाँ जरिबाना गराइएको छ ।

त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेश नगरेको इम्पेरियल सेक्युरिटिज कम्पनीलाई धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ ९४० अनुसार ७५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरिएको बोर्ड स्रोतले जनाएको छ ।

त्रिशूल सेक्युरिटिजलाई पनि धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ ९४० अनुसार ७५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर