नेभिगेसन मेनु

वाणिज्य बैंकहरुको नाफा एकै महिनामा ३४%ले बढ्यो, आधा दर्जन बैंक अर्ब क्लबमा
सम्पादक:南亚网络电视
समय:2022-12-20 18:52

bank-photo

काठमाडौं । एकै महिनामा वाणिज्य बैंकको नाफा ३४ प्रतिशतले बढेको छ । असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरुको नाफा ३४ प्रतिशतले बढेको हो ।

असोजमा बैंकहरुले १८ अर्ब ३१ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेकामा कात्तिकमा ३४ प्रतिशतले बढेर २४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा २६ वटा वाणिज्य बैंकमा प्रभुले आफ्नो विवरण पेस गरेको छैन । २५ वटा बैंकमा ६ वटाको नाफा अर्बभन्दा बढी रहेको छ ।

बाँकी रहेका बैंकको नाफा अर्बभन्दा कम रहेको छ । सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ भने सबैभन्दा कम कृषि विकास बैंकको रहेको छ ।

नबिलले कात्तिकसम्म २ अर्ब ३५ करोड ७९ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः एनआईसी एशिया र ग्लोबल आइएमई बैंक रहेका छन् ।

एनआईसी एशिया बैंकले २ अर्ब २२ करोड ७८ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने ग्लोबल आइएमई बैंकले १ अर्ब ७५ करोड ४९ लाख ६० हजार नाफा आर्जन गरेको छ ।

केन्द्रीय बैंककाअनुसार नेपाल बैंकको नाफा ९५ करोड ९४ लाख २० हजार, राष्ट्रिय वाणिज्य बैंकले ९२ करोड ६८ लाख २० हजार, हिमालयन बैंकले ८३ करोड ५१ लाख ७० हजार, नेपाल एसबिआई बैंकले ८२ करोड ७८ लाख, बैंक अफ काठमाण्डूले ४५ करोड ३२ लाख, एनसीसी बैंकले ७२ करोड ६७ लाख, माछापुच्छ्रे बैंकले ५९ करोड ५८ लाख ८० हजार, लक्ष्मी बैंकले ६५ करोड ६८ लाख १० हजार, सिद्धार्थ बैंकले ६७ करोड ४१ लाख २० हजार, कृषि विकास बैंकले ३१ करोड ८५ लाख ५० हजार, सिटिजन्स बैंकले ७० करोड ४९ लाख ३० हजार, सनराइज बैंक ३७ करोड ६१ लाख ३० हजार रुपैयाँ नाफा गरेका छन् ।

त्यस्तै मेगा बैंकले ७६ करोड ९२ लाख २० हजार, सिभिल बैंकले ५६ करोड ९ लाख ८० हजार, सेञ्चुरी बैंकले ४४ करोड ७ लाख ३० हजार र सानिमा बैंकले ७८ करोड ७४ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक १ अर्ब ५२ करोड ६२ लाख १० हजार, एनएमबि बैंक १ अर्ब ३० करोड ८४ लाख १० हजार, कुमारी बैंकले १ अर्ब २५ करोड ७७ लाख ३० हजार, प्राइम कमर्सियल बैंक १ अर्ब २५ करोड ५१ लाख ५० हजार, एभरेष्ट बैंकले १ अर्ब १५ करोड १४ लाख ४० हजार, स्टयाण्डर्ड चार्टर्ड बैंक १ अर्ब ८ करोड ३९ लाख ८० हजार रुपैयाँले नाफा आर्जन गरेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर