नेभिगेसन मेनु

सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय
सम्पादक:南亚网络电视
समय:2022-11-14 11:46

blog

सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार तीन सय तोकिएको छ । गत शुक्रबार प्रतितोला रु. ९६ हजार सात सयमा कारोबार भएको सुन आज प्रतितोला रु. छ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार दुई सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर रु. एक हजार तीन सय तोकिएको महासङ्घले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर