नेभिगेसन मेनु

एकै दिन एक हजार तीन सयले बढ्यो सुनको मूल्य
सम्पादक:南亚网络电视
समय:2022-11-12 11:35

blog

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु एक हजार तीन सयले बढेको छ । बिहीबार प्रतितोला रु ९५ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९६ हजार सात सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय छ । तेजाबी सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार नौ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर