नेभिगेसन मेनु

दराजको ११:११ सेल, ८० प्रतिशत छुटका साथै ११ रुपैयाँसम्मको मेगा भौचर
सम्पादक:南亚网络电视
समय:2022-11-10 11:23

   

नेपालको अनलाइन बजारले सबैभन्दा ठूलो सेल ११:११ सुरू हुन लागेको घोषणा गरेको छ। 

यो अभियान कात्तिक २४ (नोभेम्बर १०) मध्यरातमा सुरू हुनेछ छ भने यस वर्षको ११:११ विगतका वर्षहरूभन्दा ठूलो हुने र ग्राहकहरूलाई थप आकर्षक किनमेल अनुभव प्रदान गर्ने दराजले विश्वास लिएको छ।

यस अभियानको मुख्य हाइलाइटहरूमा ११ लाख सामानहरूमा ८० प्रतिशतसम्मको छुट ११ हजार १११ रुपैयाँसम्मको मेगा भौचर, प्रि पेमेन्टमा २० प्रतिशत अधिकतम ३ हजार रुपैयाँसम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ ६५ इन्चको मी टिभी रहेको कम्पनीले जानकारी दिएको छ।

त्यस्तै, ११:११ मा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्डमार्फत २० प्रतिशत (अधिकतम ३० हजार) र डेबिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम २५ हजारसम्म) बचत गर्न पाउने बताइएको छ। 

कम्पनीका अनुसार नबिल बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, सनराइज बैंक, मेगा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, सांग्रिला बैंक र कामना सेवा बैंकका ग्राहकहरुले उक्त छुट पाउन सक्नेछन्।

त्यसैगरी, आफ्नो आइएमइ पे वालेटमार्फत भुक्तानी गरेमा १५ प्रतिशत अधिकतम १ हजार १११ रुपैयाँ सम्मको अतिरिक्त छुट प्राप्त गर्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

साथै, एनआइसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत ० प्रतिशत ब्याजको सहज मासिक किस्ता योजना (इएमआई) पनि प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, दराजका सबै प्रमुख क्याम्पेनहरू जस्तै, ११:११ मा लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ जहाँ ग्राहकहरूले मात्र १ रुपैयाँमा हजारौं मूल्यका उत्कृष्ट उत्पादनहरू जित्ने मौका पाउने बताइएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर