नेभिगेसन मेनु

देशभर रासायनिक मलको वितरण सुरु, यसपटक मल अभाव नहुँने
सम्पादक:南亚网络电视
समय:2022-11-01 11:38

urea

चितवनं । कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मल बिक्रि गर्न सुरु गरेको छ। स्थानीय तहमार्फत सोमबारदेखि देशभर डिएपि र पोटास मलको बिक्रि सुरु गरिएको हो।

कृषि सामग्री कम्पनीका अनुसार, गहुँ, तोरी, मकै, आलु, उखु लगायतका बालिलाई लक्षित गरेर पहिलो चरणमा ४२ हजार मेट्रिक रासायनिक मल बिक्रि गर्न थालिएको हो।

‘यसअघि वास्तविक किसानले मल नपाउने हुनाले बिक्रि रोकेका थियौँ।’ कृषि सामग्री लिमिटेडका महानिर्देशक राजेन्द्रबहादुर कार्कीले भने, ‘आजदेखि स्टकमा रहेको रासायनिक मल सातै प्रदेशमा बिक्रि सुरु गरेका हौँ।’ यूरिया मल एक सातापछि वितरण गरिने उनले जानकारी दिए। कृषि भूमिलाई आधार बनाएर बैज्ञानिक तरिकाले रासायनिक मल वितरण गर्न लागिएको उनको भनाई छ।

‘हामीले मलको आवश्यक तथ्यांक प्रदेश सरकारबाट लिएका हौँ। त्यहाँको जमिन पनि अनुगमन गरेका छौँ,’ उनले भने, ‘कृषि योग्य जमिन अनुसार मलको बाडफार्ड गरिएको छ। आवश्यकताका आधारमा मल वितरणका लागि सबै स्थानिय पालिकामा पठाएका छौँ।’ प्रदेशले तोकेको कोटा अनुसार उपलब्ध गराइएको उनको भनाई छ। छ वटा प्रदेशमा सोमबारबाट मल बिक्रि गर्न सुरुभएपनि मधेश प्रदेशमा मंगलबारबाट सुरु गरिने उनले बताए।

भैरहवा, विरगञ्ज र विराटनगरको डिपोमा १० प्रतिशत बफर स्टक राखेर मलको बिक्रि गरिँदैछ। नियम पूर्वक बिक्रि वितरण गर्न स्थानीय तहलाई समेत उनले अनुरोध गरेका छन्। रासायनिक मलमा अनियमिता हुने भएकाले कम्पनीले बिक्रि मुल्य समेत तोकिदिएको छ।

कम्पनीले यूरिया प्रतिबोरा (५०केजि) पाँच हजार ९ सय रुपैयाँमा खरिद गरेर किसानलाई सात सय ५० रुपैयाँमा बिक्रि गरेको छ। त्यस्तै प्रतिबोरा डिएपि मलको सात हजार आठ सय रुपैयाँमा खरिद गरेर दुई हजार तीन सय रुपैयाँमा दिएको छ। छ हजार पाँच सय रुपैयाँमा पोटास खरिद गरेर प्रतिबोरा एक हजार पाँच सय रुपैयाँमा किसानलाई उपलब्ध गराएको कार्कीले जानकारी दिए। घाटा रकम सरकारले व्यहोर्दै आएको छ। नागरिक दैनिकबाट

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर