नेभिगेसन मेनु

गाडी, मदिराको आयात खुलाउन नेपाल समुद्रपार निकासी पैठारी संघको माग
सम्पादक:南亚网络电视
समय:2022-10-14 15:59

thumb (7)

 नेपाल समुद्रपार निकासी पैठारी संघले प्रतिबन्ध गरिएका वस्तुको आयात तत्काल खुलाउन माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै संघले बढी राजस्व संकलन हुने वस्तुको आयातमै प्रतिबन्ध लाग्दा एकातर्फ सरकारले लक्ष्य अनुसार राजस्व जुटाउन नसकेको र अर्काेतर्फ ती वस्तुको कारोबारका लागि अर्बौं रुपैयाँ लगानी गरेर पूर्वाधार तयार गरेका व्यवसायीले ठूलो नोक्सानी बेहोर्नुपरेको जनाएको छ । 

आयातमा प्रतिबन्ध लगाइएका सवारी साधन र मोटरसाइकल बाहेकका वस्तु अवैध बाटोबाट तस्करी भइरहेको संघको दावी छ । सरकारले हाल जिप, कार, भ्यानजस्ता निजी सवारी साधन, मदिरा, ३ सय डलरभन्दा बढीको मोबाइल र १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ । सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये ६ वस्तुको आयात प्रतिबन्ध भदाै मध्यतिर फुकुवा गरे पनि ४ प्रकारका वस्तुमा आयात प्रतिबन्ध यथावत् गरेको छ ।

त्यस्तै संघले ब्याजदर नियन्त्रणका लागि समेत सरकारसँग माग गरेको छ । संघले भनेको छ ‘राष्ट्र्र बैंकको कदमले ब्याजदर बढ्दा व्यवसाय सञ्चालन निकै कठिन भएको छ । आर्थिक क्रियाकलापमा गिरावट आउँदा व्यापारी, सर्वसाधारण र सरकारी राजस्व सबैमा नकारात्मक असर परेको छ । बढ्दो ब्याजदरले अर्थतन्त्रलाई मन्दीको अवस्थामा पुर्‍याउने जोखिम उच्च रहेकोले यसलाई नियन्त्रण गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकले उपयुक्त कदम लिउन् ।

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर